आइतबार , माघ ४, २०७७

प्रहरी सेटिङमा कुखुरा तस्करी

प्रहरी सेटिङमा कुखुरा तस्करी
?

१७ पुष, परासी । प्रहरीसँग सेटिङ मिलाएर भारतबाट अवैध ढंगले कुखुराको तस्करी हुँदै आएको छ। प्रहरी सेटिङमा तस्करी भैरहेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएपनि त्यसको कुनै सुनुवाइ भएको छैन ।

यस्तै तस्करीको थप समाचार हामीलाई प्राप्त भएको छ । गत बुधबार पनि रामग्राम नगरपालिका १६ हकुही चोकमा झण्डै दुई क्विन्टल कुखुरा अवैध तरिकाले भारतबाट आएको थियो । उक्त कुखुरा अस्थायी प्रहरी चौकी तोनवाका प्रमुख सई शेरबहादुर नेपालीले रकम लिएर छोडीदिएका छन् ।

उक्त कुखुरा रामग्राम निवासी हाइदार अलिको भएको समेत खुलेको छ । उनीबाट मासिक रूपमा सईले ५ हजार र हवल्दार ऋषि राम अर्यालले ५ सय लिदै तस्करीको सेटिङ मिलाएकोमा यसपटक रकम दिन ढिला गरेपछि पक्राउ गरि तर्साउने गरि छोडेको समेत स्थानीयहरु बताउँछन् ।

सई नेपाली र हवल्दार यादवको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा हैदार अलि, गोपी खान , पप्पु यादव, मलखान खान लगायतका छन् । त्यस्तै बचिपरवा नाकाबाट दैनिक ८ देखि १० टन कुखुरा यसरी नै अवैध रूपमा भित्र्याउने काम भैरहेको छ। त्यसरी भित्रिएको कुखुरा तोनवा हुँदै बर्दघाट लगायतका ठाउँमा जाने गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय