छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाबाट ८ को मृत्यु
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २१:८:२२
२९ पुष, काठमाडौं । दोलखा, मोरङ, बर्दिया, बारा, कपिलवस्तु, डोटी र बाग्लुङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । दोलखा बैतेश्वर गाउँपालिका-३ जयनालुस्थित सडकमा बा.१५ च ७८०५ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जय बहादुर तामाङका ६ वर्षीय छोरा संगम तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङकाे कानेपोखरी गाउँपालिका-७ जदाहा मोडस्थित सडकमा को.२ त ६९९७ नम्बरको ट्याक्टरले को.१७ प ४८४५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय रोशन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोरङ अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार तामाङलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता बर्दिया गुलरिया नगरपालिका-५ स्थित सडकमा भे.१ त ५९७३ नम्बरको ट्याक्टरले भे.१ ह ५५७२ नम्बरको अटोलाई मंगलबार साँझ ठक्कर दिँदा अटोमा सवार बारबर्दिया नगरपालिका-३ बानियाभार बस्ने ४५ वर्षीय डगिराम थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाराकाे माहागढीमाई नगरपालिका-२ भुतही पुलस्थित सडकमा ना.२ त १२५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक रौतहट कटहरिया नगरपालिका-९ बस्ने २५ वर्षीय शुकदेव पासवानको घटनास्थलमै मृत्यु भएको छ ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका-१ वसन्तपुरमा लु.१० प ७४३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-२ गोरुसिंगे थारुगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र थारु र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको जिल्ला अस्पताल तौलिहवामा र टिकारामको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सुदूरकाे जिल्ला डोटीकाे शिखर नगरपालिका-८ खुनस्थित सडकमा प्रदेश २-०३-००१ स ५४०२ नम्बरको अटो सडकबाट करिब ८० मिटर तल सेती नदीमा खसेर मंगलबार बेलुका दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-३ आली बस्ने ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अटोका चालक सोही नगरपालिका-३ बस्ने ४० वर्षीय लोक जोरा समेत ५ जनाको शैलेश्वरी अस्पतालमा उपचार भईरहेकोमा ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।
बाग्लुङ बाग्लुङ नगरपालिका-३ बोक्से खाल्डोस्थित सडकमा ध.१ त ४७१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक म्याग्दी धवलागिरी गाउँपालिका-७ मुना बस्ने २९ वर्षीय केश बहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु
बैशाख २६, २०८१ बुधबार
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार