सोमबार , फागुण १७, २०७७

सर्लाहीबाट चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

सर्लाहीबाट चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

७ माघ, सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशिकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

छिमेकी देश भारतबाट मङ्लगवा हुँदै नवलपुरतर्फ आएको बा६९प ५१६१ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७।७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भरतमोहन स्‍मृति सभा हुने भरतमोहन स्‍मृति सभा हुने ३ दिन पहिले
माधवनारायणका बर्तालु चाँगुनारायणमा मन्दिर पुगे माधवनारायणका बर्तालु चाँगुनारायणमा मन्दिर पुगे ५ दिन पहिले
भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता १४ घण्टा पहिले
बाग्लुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो बाग्लुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो ३ दिन पहिले
राष्ट्रपतिबाट शपथ लिए राजदूतद्वय रेग्मी र विश्वकर्माले राष्ट्रपतिबाट शपथ लिए राजदूतद्वय रेग्मी र विश्वकर्माले ३ दिन पहिले
अप्पर स्याङ्गेको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त अप्पर स्याङ्गेको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त ५ दिन पहिले
कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी कांग्रेसले तत्काल कुनै पक्षसँग सहकार्य नगर्ने : नेता केसी ३ दिन पहिले
धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति ४ दिन पहिले