आइतबार , फागुण १६, २०७७

आगामी २३ गतेदेखि शिक्षकलाई कोरोना खोप लगाइने

आगामी २३ गतेदेखि शिक्षकलाई कोरोना खोप लगाइने

९ फागुन, काठमाडौं । सरकारले शिक्षकलाई आगामी २३ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार बसेको सचिव, विशेषज्ञ तथा महाशाखा प्रमुखसहितको बैठकले प्राध्यापक, शिक्षक, विश्वविद्यालय तथा विद्यालयका कर्मचारी र सार्वजनिक सवारीचालक तथा सहचालकलाई २३ गतेदेखि खोप लगाउने निर्णय गरेको हो।

यस्तै ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि सोही दिनदेखि खोप लगाइने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। सरकारले २३ गतेदेखि दोस्रो चरणको खोपको कार्यक्रम सुरु गर्न लागेको हो। दर्ता भएका औषधिपसलमा काम गर्ने कर्मचारीलाई भने पहिलो चरणमै खोप दिइने भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल आइपुग्दै छ। यसअघि भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप प्राथमिकताको आधारमा लगाइँदै छ।

मन्त्रालयका अनुसार शनिबारसम्म अग्रपंक्तिमा रहने चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधिलगायत गरी तीन लाख ८३ हजार ३९८ जनाले कोरोना भाइरसको खोप लगाएका छन्। देशका २२६ केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइँदै छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारणसभा सम्पन्न धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारणसभा सम्पन्न ६ दिन पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? ४ हप्ता पहिले
अबिबाहित र बिबाहित महिलाका लागी एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता अबिबाहित र बिबाहित महिलाका लागी एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता ६ दिन पहिले
पेरिसडाँडामा केन्द्रीय सदस्यको नागरिकता संकलन, आजै आयोग जाने तयारी पेरिसडाँडामा केन्द्रीय सदस्यको नागरिकता संकलन, आजै आयोग जाने तयारी १ हप्ता पहिले
एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, स्थिरीकरण कोष प्रभावहीन एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, स्थिरीकरण कोष प्रभावहीन २ हप्ता पहिले
प्रभावकारी शिक्षाका लागि अधिकारकर्मीहरुको अभियान प्रभावकारी शिक्षाका लागि अधिकारकर्मीहरुको अभियान ४ हप्ता पहिले
प्रतिनिधिसभा विघटनविरुद्धकाे प्रदर्शनमा प्रचण्ड-नेपाल सहभागी हुँदै प्रतिनिधिसभा विघटनविरुद्धकाे प्रदर्शनमा प्रचण्ड-नेपाल सहभागी हुँदै ४ हप्ता पहिले
विप्लव समूहका ३ जना कार्यकर्ता सप्तरीबाट नियन्त्रणमा विप्लव समूहका ३ जना कार्यकर्ता सप्तरीबाट नियन्त्रणमा १० घण्टा पहिले