बुधबार , बैसाख ८, २०७८

सामाजिक संजालले जीवनशैली नै परिवर्तन : सांसद यादव

सामाजिक संजालले जीवनशैली नै परिवर्तन : सांसद यादव

१३ फागुन, वीरगन्ज । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम संघीय सांसद प्रदीप यादवले फ्रि वाईफाई जोनको उदघाटन गरेका छन् । पर्सा जिल्लामा पहिलो पटक पुरा वडालाई लक्ष्य गरी जडान गरिएको फ्रि वाइफाई जोनको नेता यादवले बिहिबार उदघाटन गर्दै वाईफाई सुविधाको सुरुवात गरेका हुन् ।

पर्सा गढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलमले जडान गरेको फ्रि वाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले सामाजिक संजालले जीवनशैलीलाई परिवर्तन गरेको बताए । उनले नेटको सुविधा हरेकको व्यक्तिको लागि अनिवार्य भएको बताउँदै वडाबासीको लागी वाइफाई सुबिधा व्यास्था गरेकोमा वडा अध्यक्ष आलमलाई धन्यवाद समेत व्यक्त गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोनाको समयमा धेरै विद्यालयहरुले बाईफाई कक्षा समेत संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई रहेको थियो । उनले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तरता दिनुका साथै सामाजिक संजालबाट हुने विकृतिबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावकको दायित्व भएकोले यसप्रति सजग रहन वडाबासीहरुलाई अनुरोध गरे ।

p15

सो वडामा पर्ने पचरुखी,बहुअर्वा , हरदिया र जिंगना लगायतका टोलमा आजदेखि फ्रि वाईफाई सेवा संचालनमा आएको छ । उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आहमद, वडाध्यक्ष असलम आलम ,पार्टीका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

p12

p13

p14

p16

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय