बुधबार , बैसाख ८, २०७८

नवलपुरका महिलालाई सीपमूलक तालिम

नवलपुरका महिलालाई सीपमूलक तालिम

२७ फागुन, नवलपुर । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको देवचुली नगरपालिकामा सिलाइकटाइ तालिम प्रदान गरिएको छ । देवचुली–५ को आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो ।

देवचुली–५ का वडाध्यक्ष शिवलाल सापकोटाले महिलाको आयआर्जन वृद्धि गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । पँैतालीस दिन सञ्चालन गरिएको तालिमका सहभागी महिलालाई विभिन्न १६ प्रकारका सिलाइकटाइका सीप सिकाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वडाध्यक्ष सापकोटाले तालिममा सहभागी महिलालाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार हुन आग्रह गरे । तालिम समापनका अवसरमा प्रबन्धक विवेक अधिकारीले तालिममा सहभागी महिलाले अनुशासित हुँदै ज्ञान आर्जनका लागि मेहनत गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय