एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्दै
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १६:१४:५२
०१ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।
बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र नेशनल लाइफको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (चैत १ गते) देखि ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
नागरिक लगानी कोषको संस्थापक शेयरको मूल्य १ हजार ५०४ रुपैयाँ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ४०४ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
नागरिक लगानी कोषको शेयर खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरुले आवेदन दिन सक्नेछन् भने नेशनल लाइफको हकमा प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले आवेदन दिने सक्नेछन्।
सो शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार