बलियो ओलीका कमजोर धरातल
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १९:४०:१९
९ चैत, काठमाडौं । नेपालको राजनीतिक प्रवृत्तिलाई बाहिरबाट सर्सर्ती हेर्दा लाग्छ–प्रधानमन्त्री केपी ओली यतिखेर सर्वशक्तिमान छन् । किनभने पटक पटक संविधान र प्रजातन्त्रमाथि धावा बोल्दासमेत उनको खालो सरेको छैन । प्रतिनिधिसभा विघटन गरेकोमा सर्वाेच्च अदालतले पुनस्थापना गरिदियो तर राजनीतिक रुपमा उनको यो ठूलो पराजय थियो । तर उनलाई विस्थापन गर्न कसैको जोडबल चलेन । कतिपयले त नैतिकताको प्रश्न उठाए ।
नैतिकता भन्ने अनुभूति र व्यवहारको कुरा हो, न की यो कुनै सिद्धान्त वा गणितीय सूत्र नै हो । जसलाई जे लाग्यो, त्यही नैतिकता हो । ओलीलाई राजीनामा दिनु चाहिं अनैतिक लाग्न सक्छ । माधव नेपाल र पुष्पकमल दाहाललाई लाग्नु र ओलीलाई लाग्नु बेग्लै प्रसंग हो ।
राजनीतिक रुपमा बडेमाको दबाबको अनुभूति गरेका ओली फागुन २३ पछि एकाएक फेरि बौरिएका छन् । सर्वाेच्च अदालतले उनलाई पुनर्जीवन दिनेगरी नेकपा एमाले ब्यूँताइदिएको छ । त्यही ब्यूँतिएको एमाले रुपी घोडामा सवार भएका ओली विरोधीको हुर्मत लिंदैछन् । यसको थालनी उनले चिरस्थायी विरोधीका रुपमा चित्रित माधवकुमार नेपालबाट गरेका छन् ।
ओलीले नेता नेपालका साथै विरोधी खेमाका धेरै नेताहरुलाई तर्साउने र फकाउने रणनीति अख्तियार गरेका छन् । फकाउने क्रमको सुरुआती परिणाम उनका लागि सुखद देखिएको छ । शेरबहादुर तामाङदेखि कृष्णभक्त पोखरेलसम्म फकिएका छन् भने लालबाबु पण्डितदेखि तुलसा थापासम्म तर्सिएका छन् ।
यो सूत्रले काम नगरेको होइन । तर अब भने ओली तर्साउने पक्षमै बढी केन्द्रित हुने देखिएको छ । त्यसका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई स्पष्टीकरण बुझाएका छन् । आजै मात्र चारै जना नेताको सचिवालयमा स्पष्टीकरण बुझाइएको छ । जसले गर्दा नेता नेपाल सबैभन्दा ठूलो तनावमा परेका छन् ।
ओली रणनीति अन्तर्गत प्लान ए, बी, सी, हरु रहेको उनलाई थाहा छ । प्लान ए मा नेता नेपाललाई एक्लो बनाउने तयारी रहेको छ । आफू पक्षीय नै किन नहोस् केन्द्रीय कमिटी बैठक राखेर ओलीले सबै अधिकार केन्द्रीकृत गरेका छन् । अब उनी सर्वशक्तिमान बनेको अवस्था देखिन्छ । अर्थात, एमाले रुपी घरका उनी मूली हुन्, सबै अधिकार उनीबाटै निसृत हुने छ । उनी नै राज्य हुन् । उनी नै सबै चीज हुन् । उनको विरोध गर्नेको पार्टीमा कुन हविगत हुने हो कसैलाई थाहा छैन । नेता नेपालसमेत दबाबमा परेका छन् भने अरुको के अवस्था होला ?
तर ओलीको यो शैली र प्रवृत्ति भनेको एमालेको खिलका रुपमा रहेका केही नेताको बहिर्गमन मात्र हो । बालुवाटार निकट स्रोत भन्छ– ओली अब आफू अनुकूलको पार्टी मात्रै रहोस् भन्ने चाहन्छन् । एमालेलाई आफ्नो मुठ्ठी भित्र कस्न उनका लागि माधव नेपाल मात्र होइन, वामदेव गौतमसमेत वाधक रहेका छन् । ओली चाहन्छन्– नेपालसँगै वामदेवसमेत एमालेबाट बाहिरिउन् । ओलीको बुझाईमा पार्टी भित्र भाँडभैलो मच्चाउने मुख्य जिम्मेवार व्यक्ति नै वामदेव हुन् । त्यसैले वामदेवको सहयोग र समर्थनको कुनै अर्थ नरहने ओलीको ठम्याई हो ।
ओलीको एकमात्र सूत्र हो – एमाले अब उनको कब्जामा मात्र रहोस् । सर्वाेच्चले उनको पक्षमा माहोल बनाएकाले अब चुनाव चिह्न सूर्य पाएपछि दुबै हातमा लड्डू छ । हिजो सूर्यमा भोट हाल्नेले फेरि पनि हाल्ने उनको विश्वास रहेको छ । त्यसैले जसरी भएपनि आफ्ना टाउको दुखाईहरु एमालेमा काउसो बनेर नर हुन् । तर नेता नेपाल पक्ष भने अहिल्यै ओलीको चाहना पूरा गर्ने तहमा पुगेको प्रतीत हुँदैन । किनभने उनीहरु एमाले ब्यूँतिएपछि साबिक नेकपा जस्तो बलशाली छैनन् । त्यसैले ओली प्रवृत्ति विरुद्ध संघर्ष गरेरै बस्ने उनी पक्षको रणनीति छ । यही द्वन्द्व र बेमेलका बीच एमाले अगाडि बढ्ने देखिन्छ ।
ओलीको आक्रमण र प्रहार यति धेरै भइसकेको छ कि नेता नेपाल के गर्ने भन्ने मै अन्योलग्रस्त छन् । नेपाल पक्षको एउटै बुझाई छ – शक्तिमा रहुञ्जेल मात्र ओलीको चूरीफूरी रहने हो । त्यसैले ओलीलाई सत्ताबाट हटाउन सकियो भने एमालेमा फेरि आफ्नै पक्ष भारी पर्छ । तर ओली हटाउने सूत्र नै फेला परेको छैन । नेपाली कांग्रेस , माओवादी केन्द्र र जनता समाजवादी पार्टी नै आपसमा मिल्ने वातावरण तयार भएको छैन । यी तीन शक्ति नमिलेसम्म ओलीलाई हटाउन सहज छैन ।
काँग्रेस सभापति शेरबहादुर देउवा अझै पनि फ्रेस इलेक्सनकै पक्षमा छन् । प्रधानमन्त्री ओलीले गरेको विघटन सदर भएर मध्यावधि निर्वाचन होस् भन्ने देउवाको मनसुवा थियो । यो जगजाहेरै छ । तर भएन । वाध्य भएर देउवा विखलबन्धमा परेका छन् । भोली प्रधानमन्त्रीको जिम्मेवारी पाइहाल्दासमेत उनी अर्ली इलेक्सनको पक्षमा उभिने दाउमा रहेका छन् । देउवाके यो चाहना पूरा गर्ने पक्षमा माओवादी र जसपा छैन । त्यसैले सत्ता समीकरणको गाँठो बाँधिएको छैन ।
यति हुँदा हुँदै पनि एमाले भित्रको ओली दादागिरी अन्त्य गर्न माधव नेपाल पक्षले अप्रिय र ठूलो जोखिम मोल्न सक्ने देखिन्छ । ओलीलाई सत्ताबाट गिराउन त्यस्तै परे उनीहरु फ्लोरक्रस गर्ने तहसम्मको निर्णय गर्न सक्ने अवस्थामा रहेका छन् । त्यसैले अहिले सत्ताको उन्मादमा रहेको ओली निकट भविष्यमै फेरि रक्षात्मक अवस्थामा नपुग्ला भन्न सकिन्न । किनभने नेपालको राजनीति कसैले अनुमान गरेको लाइनमा चलेको देखिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार