
११ चैत, जनकपुरधाम । नेपाल प्रहरीले मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको नबलपुर-मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका ४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको हो ।
मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर ३० एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप-वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
तेल ट्यांकीमा लागुऔषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका ४ बस्ने ४० वर्षीय आइते लामालाई नियन्त्रणमा छ ।
प्रतिक्रिया