
२५ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पोखरेलले निजामति क्षेत्रमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्या रहेको बताएका हुन् ।
उनले प्रशासनभित्र झिङ्गे टसाई प्रमुख समस्या हो यो सोचबाट मुक्त हुन नसकेको बताएका छन्,’ उनले भने, ‘यसलाई विरासतमा पाएको भन्ने गरिएपनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’
त्यस्तै पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको साथै कर्मचारीतन्त्रमाथि ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रश्न उठ्ने गरेको बताएका छन् ।
प्रतिक्रिया