के माधव नेपालले नयाँ दल खोल्दैछन् ?
कुसुम सेञ्चुरी
चैत २९, २०७७ आइतबार १७:४:५७
२९ चैत, काठमाडौं । एमालेका केन्द्रीय सदस्य प्रदीप नेपालले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा रहन दिन र माधव नेपाललाई पार्टी महाधिवेशनको आयोजक कमिटी संयोजक बनाएर जाऔं भन्ने मध्यमार्गी प्रस्ताव गरे । पार्टीभित्र आन्तरिक विवाद बढ्दै जाँदा माधव नेपाल समूहले देशव्यापी रुपमा सामानान्तर कमिटी बनाउँदै गएको छ । अहिलेसम्म ५१ जिल्ला कमिटी बनाइसकेको नेपाल पक्षले दावी गरेको छ । यस्तो दावी गरेपछि ओली पक्ष निकै दवावमा परेको छ ।
एमाले नै दुई भागमा विभाजन भएपछि पार्टीभित्रको संगठन झन कमजोर हुने अवस्था आएकै छ । जस्ले गर्दा ओली पक्षले माधव नेपाल समूहका मानिसहरुप्रति केही नरम बन्ने अवस्था सिर्जना गर्नसक्ने अवस्था छ । यद्यपि नेपाल पक्ष नयाँ दल नै खोल्ने गरी समानान्तर कमिटी बनाउन थालेपछि भने अबको कम्युनिष्ट केन्द्र माधव नेपालले खोलेको पार्टी बन्ने संभावना पनि बढेको छ ।
‘प्रधानमन्त्रीलाई विस्थापित गर्नेतिर कोही नलागौँ । अब एमाले एकताको कुरा सोचौँ । अहिले केपीलाई प्रधानमन्त्री छाडिदिउँ । पार्टी कमजोर भएमा सबैभन्दा ठूलो अवगाल बोक्नु पर्ने माधव नेपाललाई दशौँ महाधिवेशनको आयोजक कमिटीको प्रमुख बनाउँ । हाम्रो पार्टी धेरै नदीनालाको सङ्गम हो । शायद हामीले जति एकता अरू कसैले गरेनन् अथवा गरे पनि स्थायी भएनन् । हाम्रो हृदय ठूलो छ । त्यो व्यवहारमा पनि देखाउँ ।
केपी ओली र माधव नेपालले चुनाव जित्नु पनि होला । तर प्रधानमन्त्रीले जेजस्तो भनेपनि हामी एक्लै दुईतिहाई ल्याउँछौँ भन्ने दम्भचाहिँ अलिक नमिल्ने नै भाषण हो । अघिल्लोपल्ट दुई अङ्कको मार्जिनमा हारेका अधिकांश ठाउँमा हामी हार्नेछौँ’, प्रदीप नेपालको यो भनाई सार्वजनिक रुपमा बाहिर आएपछि भने ओली पक्षले तत्कालै नेपाल पक्षका नेताहरुलाई कारवाही गर्ने गरी अगाडी बढ्ने अवस्था छैन ।
एमालेको संस्थापन पक्षले कारबाही गरेपछि नेपाल पक्ष देशव्यापी समानान्तर कमिटी बनाएरै अघि बढ्ने अवस्थामा पुगिसकेको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल मात्रै गरेनन उनीहरु ओली प्रवृत्ति विरुद्ध पार्टीभित्रै आन्तरिक लडाई लड्ने निर्णय समेत गरेका थिए ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले नेपाल र उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्वन गरेको छ । एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिविधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण चित्त नबुझेको भन्दै नेपाल, रावल, पाण्डे र भूषाललाई ६ महिनाका लागि निलम्वन गरेको छ । नेकपा एमालेको केन्द्रीय समितिमा बहुमत भएपनि संसदीय दलमा नेपाल पक्ष अल्पमतमा छ ।
अल्पमतमा भएपछि कि ओलीले जे–जे भन्छन् र गर्छन् त्यो मान्दै बस्नुप¥यो कि विद्रोह । नेपाल पक्ष त्यो कारबाही मानेर बस्ने मुडमा भने छैनन् । ओली नसच्चिए विद्रोह गर्ने मनस्थिति बनाएको यो पक्षले के गर्ला ? चासोको विषाय बनेको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई पक्ष कम्परमाइजका लागि तयार छैनन् । यसकारण नेपाल पक्ष आत्मसमर्पण वा विद्रोहतर्फ जानैपर्छ । तल्लो तहसम्म समानान्तर कमिटी बनाएर जाँदा विद्रोह ओली पक्षले यो कारबाहीलाई अवैधानिक, अलोकतान्त्रिक र पार्टी विभाजन गर्ने षडयन्त्र भन्न सक्छ ।
साथै नेपाल पक्षले गुटको बैठक राखेर संस्थापनको निर्णयविरुद्ध आक्रामक रुपमा पार्टीका तल्ला कमिटीको समानान्तर संगठन निर्माणतर्फ लागिसकेको छ । यसबीचमा नेपाल पक्षले जनवर्गीय संठनका भेला बोलाई अलग नेतृत्व चयन गरिसकेको छ । अहिले जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटी बनाउने क्रम बढेको छ । ‘हरेक कमिटी समानान्तर कमिटी बन्दैछन् यसमा कुनै शंका छैन’ नेपाल पक्षीय केन्द्रीय सदस्य ठाकुर गैरेले भने ‘तर अहिले नयाँ पार्टी बनाउने अवस्था छैन ढोका थुनेपछि कति समय बाहिर बस्ने भन्ने प्रश्न पनि उठ्नसक्छ ।’
नेपाल पक्षका एक नेताका अनुसार एमालेभित्रै बसेर संघर्ष गर्ने कि तल्ला तहसम्म कमिटी पुनर्गठन गरेर माओवादीसँग पुनः एकतामा जाने भन्ने दुवै कोणबाट बहस चलेका छन् । तर, नेताहरु केही समय एमालेमै समानान्तर कमिटीहरूको अभ्यास गरेर अन्तरसंघर्षलाई उत्कर्षमा पु¥याउने पक्षमा देखिन्छन् । तर, सहज छैन विद्रोह । कुनै चमत्कार नभए नेकपा एमाले सग्लो रहँदैन । यसको संकेत देखा परिसकेको छ ।
तर, अहिलेको अवस्था र अंक गणित हेर्दा नेपाल पक्षलाई विद्रोह गर्न सहज छैन । किनभने पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्ने हुन्छ । त्यसका लागि माधव नेपाल पक्षसँग केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पनि संसदीय दलमा ४० प्रतिशत पु¥याउन केही सांसद आवश्यक पर्छ ।
एमालेमा १२१ जना सांसद छन् । यसको ४० प्रतिशत भनेको झन्डै ४८ जना हुन आउँछ । तर, अहिले नेपाल पक्षसँग ३८ देखि ४० जनासम्म सांसद मात्रै खुलेका छन् । पार्टीभित्रको संस्थापन पक्ष ओलीले नै म तिमीहरूलाई सिद्ध्याउछु भनेर नेपाल पक्षलाई कारबाही गरेको अवस्था छ । अब माधव पक्षले कि त आत्मसमर्पण गर्दै कारबाही सहनुपर्ला । होइन भने आफ्नो पक्षमा रहेका सांसदको संसद पद त्यागेर विद्रोह नै गर्नुपर्ने अवस्था आउने छ । त्यस्तो अवस्थामा पार्टीभित्रै विद्रोहको एउटा अवस्था रहन्छ भने अर्को पार्टी फुट्ने अवस्था रहन्छ । उनले पार्टीमा विद्रोह कायम रहिरहे एमाले कमजोर रहनेछ । एमाले कमजोर हुँदा ओलीको शक्ति क्षयीकरण हुनेछ ।
र याे पनि … नेपालका लागि नयाँ दल खोल्ने विकल्प खुला, देशभर प्रतिकारको तयारी
आगामी निर्वाचन पनि ओलीका लागि सहज हुनेछैन । नेपाल पक्षका सांसदहरु विद्रोह गरे संसदमा एमालेका सांसदहरुको संख्या पनि कम हुनेछ । यसले गर्दा सत्ता समीकरणमा समेत असर पर्न सक्छ । जसरी अहिले एमालेको सांसद संख्या एक सय २० हुँदा १५ जना अरू सांसद भए पनि सरकार टिक्छ, पार्टी फुटेमा त्यो अवस्था हुँदैन । यसकारण ओलीको सरकार लम्ब्याउन पनि ओलीले एमाले बचाउनु पर्ने अवस्था छ । तर ओली यही समयमा मध्यावधि निर्वाचन घोषणा गरेर अघि बढ्ने अवस्थामा छन् । कांग्रेसले समेत मध्यावधि निर्वाचन चाहेको अवस्थामा ओलीले संसदबाट नयाँ सरकार बन्न नदिने र मध्यावधि निर्वाचनमा जानुपर्नेे अवस्था आएमा नेपाल पक्षका लागि अस्तित्व रक्षाका लागि पनि नयाँ दल आवश्यक पर्नेछ ।
ओलीले नेपाल पक्षका एकजना नेतालाई पनि टिकट दिने अवस्था नभएपछि नेपालले नयाँ दल खोलेर आफ्ना नेताहरुलाई चुनावमा पठाउनु पर्ने बाध्यता रहेको छ । केही दिन अघि बाग्मती प्रदेशको भेलामा नेपालले नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा आफूले नेता कार्यकर्तालाई अलपत्र पारेर नछाड्ने बताउँदै गर्दा नेपाल नयाँ दल खोल्ने तयारीमा लागेको आभास हुन्थ्यो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार