पछिल्लो समय गायनमा जमेका ढकाल
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २१:१:५०
८ वैशाख,काठमाडौं । मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् ।
सबैजसो गीत चर्चामा रहन सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने ‘चुरापोते’, ‘उडूँउडूँ’, ‘तलतल’, ‘यो के भयो’ र ‘केटाभन्दा केटी धेरै’ बोलका गीत बजारमा आउँदै छन् । “अब आउन लागेका गीत पनि उत्तिकै मेहनेत गरी बनाइएको छ”, उनी भन्छन्, “सबै गीतले दर्शक स्रोताको मन जित्ने विश्वास लिएको छु ।”
ती गीतले २५ वर्षीय ढकालको साङ्गीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ । उनका गीतमा चर्चित कलाकारले अभिनय तथा शब्दसङ्गीत गर्ने गरेका छन् । केही गीतमा ढकालको आफ्नै अभिनय छ । उनका सबै गीत एकल स्वरमा आधारित छन् । अब आउने गीत ‘चुरापोते’ मा भने उनी र रचना रिमालको स्वर छ । डकाल बाल्यकालदेखि नै गीत, सङ्गीतमा रुचि राख्र्थे । “ कक्षा २ मा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ”, विसं २०७२ मा पहिलो पटक गीत रेकर्ड गरेर औपचारिक रुपमा साङ्गीतक क्षेत्रमा लागेको उनी भन्छन्, “विभिन्न मेला, महोत्सव तथा आइडलमा पनि भाग लिएको छु ।”
अन्य युट्युब च्यानलबाट गीत बजारमा ल्याइने गरे पनि अब आफ्नै व्यक्तिगत च्यानलबाट ल्याउने तयारी रहेको उनले बताए । ढकाल गीत सङ्गीतका क्षेत्रमा प्रशस्तै सम्भावना रहेको देख्छन् । “राम्रो गर्न सके थोरै सिर्जनाबाट पनि चर्चा बटुल्न सकिन्छ”, उनले भने, “मेहनेतपूर्वक सिर्जना गरियो भने छिट्टै दर्शक, स्रोताको नजरमा पर्न सकिन्छ ।” उनले गीत सङ्गीतका क्षेत्रमा केही विकृति रहेको बताए । “ यस क्षेत्रलाई इज्जत र सम्मानजनक पेशाका रुपमा विकास गर्न अग्रज तथा स्थापित कलाकारले विशेष ध्यान पु¥याउनुपर्छ”, उनले भने ।
ढकाल घरपरिवारकै हौसला र प्रेरणाका कारण साङ्गीतिक क्षेत्रमा आफू प्रवेश गरेको बताउछन् । उनका बुवा रामप्रसाद सफल उद्योग व्यवसायी छन् । “मलाई गायक बनाउने बुवाको ठूलो चाहना थियो”, उनी भन्छन्, “बुवाको सपना साकार पार्न पाएकामा निकै खुशी छु ।” उनले अझै थुप्रै मेहनेत गरी स्थापित कलाकार बन्ने आफ्नो इच्छा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार