शनिबार , जेठ १, २०७८

विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा

विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा

२१ वैशाख,काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।

दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो । खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सकेनन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके । विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।

जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मोटरसाइकलले बालकलाई ठक्कर दिएर फरार वडाअध्यक्ष पक्राउ मोटरसाइकलले बालकलाई ठक्कर दिएर फरार वडाअध्यक्ष पक्राउ २ दिन पहिले
सार्वजनिक यातायात चढ्ने यात्रुमा संक्रमणको जोखिम उच्च सार्वजनिक यातायात चढ्ने यात्रुमा संक्रमणको जोखिम उच्च ३ हप्ता पहिले
संयोजक बसुन्धरा भुषालद्धारा कल्याकारी कोषलाई रकम हस्तानतरण संयोजक बसुन्धरा भुषालद्धारा कल्याकारी कोषलाई रकम हस्तानतरण २ हप्ता पहिले
नेपाल बङ्गलादेश बैंकको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार नेपाल बङ्गलादेश बैंकको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार ३ हप्ता पहिले
सहकारी संघका अध्यक्षको संक्रमणबाट मृत्यु, आज नै व्यवस्थापन गरिने सहकारी संघका अध्यक्षको संक्रमणबाट मृत्यु, आज नै व्यवस्थापन गरिने २ हप्ता पहिले
ओलीलाई बामदेवको जवाफ,म तपाईंसँग आउन सक्दिन ओलीलाई बामदेवको जवाफ,म तपाईंसँग आउन सक्दिन ३ हप्ता पहिले
संक्रमण बढ्दै गएपछि दश दिन निषेधाज्ञा थप संक्रमण बढ्दै गएपछि दश दिन निषेधाज्ञा थप ७ दिन पहिले
रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ? रिलायन्स लाइफको बीमाशुल्कसंगै १३.७६ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ? २ हप्ता पहिले