ओलीलाई घेर्न अघि सरे माधव नेपाल
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १९:३४:०
२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् रुपमा बैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेपछि प्रतिपक्षी दलहरुमा हलचल आएको छ । ओलीको यो निर्णय असल नियतका साथ आएको हैन भन्ने विश्लेषण प्रतिपक्षी दलहरुको रहेको छ ।
प्रतिपक्षी मात्र होइन, आफ्नै दलका असन्तुष्ट नेताहरुको धारणा पनि त्यस्तै रहेको छ । झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुको बुझाई अलि फरक छ । प्रतिपक्षी दलमा भन्दापनि आफ्नै दलका असन्तुष्ट नेताहरुलाई तह लगाउने गलत मनसायले ओलीले यस्तो प्रस्ताव प्रस्तुत गरेको ठम्याई यो समूहको रहेको छ । त्यसैले ओली सरकारको बहिर्गमन नेपाली कांग्रेसका लागि भन्दा झलनाथ – माधव पक्षका लागि बढी जरुरी छ ।
ओलीले संसद्बाट वहुमत सिद्ध गरेपनि खनाल – नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने नै बुझेपछि परिस्थिति जटिल बन्न थालेको छ । ओली सकेसम्म वहुमत लिने नसके अर्ली इलेक्सनमा जाने दाउमा छन् । यी दुबै विकल्पमा ओलीले खनाल–नेपाल समूहलाई लोप्पा नै ख्वाउने हुन् ।
वहुमन सिद्ध गर्ने अवस्था आउँदा पनि कारबाही गर्ने नआए त झनै पार्टीबाटै निकाल्ने उनको दाउ हो । कदाचित माधव नेपाल पक्षले ओलीलाई मत दियो नै भने पनि वहुमत जुट्ने अवस्था बलियो छैन । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले मात्र चाहेर ओलीलाई चाहिने मत जुट्ने देखिन्न । साथै, जसपाको कार्यकारिणी परिषदको अंकगणित पनि ठाकुरका लागि सुखद छैन । त्यसैले भोलि पदमुक्त हुने जोखिम मोलेर ठाकुरले भनेकै भरमा ओलीलाई मत जाने सम्भावना पनि झिनो देखिन्छ ।
यो अवस्था देखिएकाले प्रतिपक्षी दलहरु अब ओलीलाई घेर्ने दाउमा छन् । ओलीले जसरी पनि सत्ता आफैंले चलाउने अभिलाषा देखाएकाले विपक्षीले नयाँ रणनीति बनाउने भएका हुन् । वैशाख २७ गते अगावै प्रतिनिधिसभामा ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने । यसो गर्दा ओलीले अल्पमतको सरकार बनाउने सम्भावना रोक्न सकिन्छ । किनभने ओलीले सत्ताका लागि जस्तोसुकै कदम चाल्न सक्ने रहेछन् भन्ने दृष्टान्त लुम्बिनी र गण्डकी प्रदेशबाट दिइसकेका छन् । यी परिघटनाले कांग्रेस सभापति शेरबहादुर देउवा पनि हच्किएका छन् । अब उनी पनि ओलीलाई घेर्ने नै दाउमा उभिएका छन् ।
यसै प्रयोजनका निम्ति देउवाकै सकृयतामा हिजो महाराजगञ्जस्थित प्रमोदशम्शेर राणाको घरमा देउवाले प्रतिपक्षी दलका नेताहरुको गोप्य भेला राखे । उक्त भेलामा माधव नेपालसमेत सहभागी थिए । भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवसमेत उपस्थित थिए ।
भेलामा देउवाले एमाले नेता नेपालको पोजिसन क्लियर गर्न चाहे । उनले ओलीलाई हटाउन कुन हदसम्मको साथ र सहयोग दिनुहुन्छ भनी पटक पटक जिज्ञाशा राखेको स्रोतको भनाई छ । जवाफमा नेता नेपालले आजसम्म साथीहरुसँग छलफल गरेर मात्रै यकिन गर्न सकिने बताएका थिए । ओलीले आफूहरुलाई पार्टीबाट निष्काशन नै गर्ने निचोड निकालिसकेको जानकारी पाएकोले प्रतिवाद गर्न भएपनि उनलाई सत्ताच्यूत गराउने आफ्नो रणनीति रहेको उनले बताएका थिए ।
हिजोको छलफल पछि आज पनि नेताहरु भेला भएका छन् । जसपा अध्यक्ष यादवको निवासमा अहिले नेताहरु छलफलमा जुटेका छन् । उक्त भेलामा नेता नेपाल र प्रचण्ड सहभागी भएपनि देउवा भने आइनपुगेको स्रोतले बतायो । आज नेता नेपालले आफ्नो पोजिसन क्लियर गरेभने भोलिसम्ममा प्रधानमन्त्री ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षीहरुले गरेका छन् । यसको टुंगो लगाउने का मभने फेरि पनि नेपालकै काँधमा आइपरेको छ । जसपा दुई भागमा विभाजित नभएको अवस्थामा भने नेपाल पक्षको सहयोग बिना पनि ओलीलाई पदमुक्त गर्न सकिने अवस्था थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार