कोरोना व्यवस्थापनमा जुट्दै कर्णालीका स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:२५:५७
२९ वैशाख,कर्णाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको भेरियन्टसहितको कोरोना संक्रमणबाट पछिल्लो समयमा कर्णाली प्रदेश प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितको सङ्ख्या दैनिक ४० देखि ६० प्रतिशतका दरले बढ्दै गएको छ । गत असोजयता केही कम हुँदै गएको कोभिड–१९ पुनः चैतदेखि सक्रिय हुँदा नियन्त्रणमा आउन सकेको छैन ।
प्रदेश सरकारले कोरोना भाइरस प्रतिकार्य, नियन्त्रण, रोकथाम तथा उपचारका लागि गत वर्ष नै कोरोना विशेष अस्पतालका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुमपश्चिम स्थापना गरेको थियो । त्यसअनुसार प्रदेश अस्पतालमा हाल २००, प्रतिष्ठान जुम्लामा १२० र चौरजहारी अस्पतालमा १५ आइसोलेशन श्यया तयार गरिएका छन् ।
त्यस्तै यस प्रदेशका सबै जिल्ला गरेर ८९८ आइसोलेशन श्यया, १४७ आइसियु र ३५ भेन्टिलेटर छन् । कोरोना संक्रमितमा ३४७ जना आइसोलेशनमा र होम आइसोलेशनमा तीन हजार ७५० जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पतालमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि रु एक÷एक करोड बजेट निकासा पठाइसकेको छ । यद्यपि कोरोना संक्रमितको सबैभन्दा बढी चाप अहिले प्रदेश अस्पताल सुर्खेतमा छ । कोरोना संक्रमण समुदायमा मात्र नभई प्रत्येक परिवार सदस्यसम्म फैलिँदै गएपछि स्थानीय तहले पनि आफ्नो तयारी थालेका छन् ।
प्रदेश राजधानीमा रहेको अस्पतालमा गम्भीर खालका कोरोना संक्रमितको चाप बढ्दै गएपछि वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आवश्यक जनशक्तिसहित २५ श्ययाको कटकुवा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले चौबिसै घण्टा सेवा दिने गरी कोभिडका बिरामी बोक्न छुट्टै एम्बुलेन्सको व्यवस्था गरेको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । नागरिकको जीउधनको सुरक्षाका लागि नगरपालिकाले आफ्नै कोभिड अस्पताल स्थापना गर्नु परेको उनले बताए ।
उच्च हिमाली जिल्ला हुम्लामा ताजाकोट, सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाले पनि कोभिड नियन्त्रणको तयारी गरेका छन् । ताजाकोट गाउँपालिकाले कोभिड नियन्त्रणका लागि हुम्ला प्रवेश गर्ने मुख्य नाका कवाडीमा दुई स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखेको गाउँपालिका निमित्तप्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । “गाउँपालिकामा भित्रिएका नागरिकको कोरोना परीक्षण गर्न गाउँपालिकाले ५०० एन्टिजेन किट खरीद गरेको छ”, उनले भने, “पालिकामा पुगेका किट समुदायस्तरमा शङ्कास्पद व्यक्तिलाई एन्टिजेन विधिबाट परीक्षण गरिनेछ ।”
गाउँपालिकाले तत्काल आइसोलेशनका लागि श्यया बनाउने तयारी थालेको जनाउँदै उनले खरीद गरिएको आवश्यक सामग्री केही दिनभित्र पुग्ने बताए । सर्केगाड गाउँपालिकाले अन्तरपालिकाबाट भित्रिने मुख्य नाका तुम्चामा हेल्ड डेस्क स्थापना गरी स्वास्थ्यकर्मी खटाएको बताएको छ । दैनिक आवतजावत गर्ने नागरिकको जाँचविना प्रवेश गर्न नदिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । । “कोरोना संक्रमण रोकथामको पूर्वतयारी गरेर प्रत्येक वडामा पाँच÷पाँच र गाउँपालिका कार्यालयमा १५ श्ययाको श्यया बनाउँदैछौँ”, अध्यक्ष रोकायाले भने, “सबै वडा समेटिने गरी सर्केगाडमा आइसोलेशनमा निर्माण गर्दैछौँ ।”
सर्केगाडमा कोरोना संक्मितका बिरामी नभए पनि पछिल्लो भयावहको अवस्थालाई दृष्टिगत गर्दै आइसोलेशनको तयारी गर्न थालिएको उनको भनाइ छ । अदानचुली गाउँपालिकाले भिइघाट र इप्ला भन्ने स्थानमा गाउँपालिकाले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ भने बाहिरबाट आउनेलाई आइसोलेशनमा राख्ने काम गरेको जनाइएको छ ।
तिला गाउँपालिका जुम्लाले गाउँपालिकाका तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरी जो कोहीलाई जाँच कार्डविना प्रवेश गर्न दिएको छैन । गाउँपालिका अध्यक्ष रतननाथ योगीले सांसद गजेन्द्रबहादुर महतले उपलब्ध गरेको रु १० लाख बजेट कोभिडका बिरामी बोक्न खर्च गर्ने र गाउँपालिकाको गाडी समेतले एम्बुलेन्स सेवा दिने बताए । गाउँपालिकामा पाँच आइसोलेशन श्यया तयार गरिएको जनाउँदै अध्यक्ष योगीले संक्रमितबारे जानकारी दिन प्रत्येक वडामा निगरानी समिति गठन गरिएको सुनाए ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले छिप्रा स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन तयारी अवस्थामा राखिएको बताए । गाउँपालिकामा त्यस्तो कुनै दिन भयावहको अवस्था सृजना भएमा श्यया थप्ने र नागरिकलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको उनले जनाए ।
यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । प्रत्येक डेस्कमा एक÷एक स्वास्थ्यकर्मी रहने गरी सोमबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । हेप्का, खोला, केर्मी र खगालगाउँ जाने बाटोमा हेल्थ डेस्क स्थापना गरिएको र स्वास्थ्यकर्मीलाई ड्युटीमा खटिन निर्देशनसमेत दिइसकेको उनले बताए ।
“हामीले कोरोना संक्रमणको दोस्रो लहर चलेको समयमा कोभिड डाक्टर नियुक्त गरेका छौँ”, अधिकृत न्यौपानेले भने, “यसले कोरोना संक्रमितको उपचारका लागि सहजता ल्याउने छ ।” जिल्लाका सात स्थानीय तहमध्ये नाम्खा गाउँपालिका चिकित्सक नियुक्त गर्ने पहिलो गाउँपालिका बनेको छ ।
गाउँपालिकासँग कोभिडका लागि बजेटको व्यवस्था भएको र यस विषम परिस्थितिमा चिकित्सक नियुक्त गर्नु उपयुक्त देखिएको हुँदा नयाँ नियुक्ति गरिएको जनाउँदै उनले पालिकाको केन्द्र याल्वाङमा रहेको सामुदायिक भवनमा आइसोलेशन श्यया बनाउने तयारी भइरहेको बताए । जिल्ला अस्पतालमा आठ र नाम्खा गाउँपालिकामा एक गरी हुम्लामा नौ चिकित्सक रहेका छन् ।
जिल्ला सदरमुकामको सिमकोट गाउँपालिकाले गत वर्षका ११ आइसोलेशन श्ययालाई सञ्चालनमा ल्याएको छ । केही दिनअगाडि मात्रै जिल्ला भित्रिएकालाई विमानस्थलमा एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।
सिमकोट विमानस्थलमा रहेको हवाई मार्गका लागि गत वर्षदेखि सञ्चालनमा आएको एक मात्रै हेल्थ डेस्क सञ्चालनमा आएको र अन्य क्षेत्रमा स्थापना भएका हेल्थ डेस्क प्रयोगविहिन भएका छन् । गाउँपालिकाले परीक्षणको दायरालाई बढाउन यसअघि नै ५०० एन्टिजेन किट खरीद प्रक्रिया अघि बढाइसकेको उनले बताए ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेम सिंहले २५ आइसोलेशन श्यया तयारी अवस्थामा राखेको बताए । उनले भने, “कोरोना संक्रमण तीव्र फैलावटलाई ध्यानमा राखेर १५ श्यया थप्ने तयारी गर्दैछौँ, जिल्ला अस्पतालमा तीनवटा ६० युनिटका अक्सिजन रहेका र दुईवटा ४० युनिटका अक्सिजन थप्न माग गरेका छौँ ।”
कार्यालय प्रमुख सिंहका अनुसार स्वास्थ्य सेवा कार्यालयमा एक हजार २०० भिटियम रहेकामा केही भिटियम परीक्षणका लागि सञ्चालनमा ल्याइएको र ६०० एन्टिजेन उपलब्ध छन् । हुम्लामा कोरोना संक्रमण देखिएपछि परीक्षणको दायरालाई बढाउन अबको एक दुई दिनमा स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाइने भएको उनले बताए ।
पछिल्लो समयमा हुम्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र अन्य तीनवटा पैदल मार्गका नाकामा कडाइका साथ निगरानी बढाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तुलनात्मक रुपमा अन्य जिल्लाभन्दा हुम्ला सामान्य रहे पनि ढुक्क हुने अवस्था नरहेको बताए । “आन्तरिक उडान चालु हुँदा सङ्क्रमण भित्रियो, पछिल्लो कोरोना परीक्षण गर्दा अहिले १५ जनामा संक्रमण देखियो”, प्रजिअ आचार्यले भने, “आइसोलेशनमा राखिएका उनीहरुको अवस्था हालसम्म सामान्य छ, जिल्ला अस्पतालमा अक्सिजनसहितका तीन श्यया मात्र छन् ।”
काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, मुगु हुँदै हुम्ला प्रवेश गर्ने क्रमले अवस्था अलि डरलाग्दो बनेको उनले बताए । यस विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सबै पालिकालाई कोरोना परीक्षण, अक्सिजनसहितको १०–१५ श्यया बनाउन अनुरोध गरिएको उनले जनाए ।
हुम्ला प्रशासनले कोरोना संक्रमण फैलन नदिन अत्यावश्यक सेवा र कार्यबाहेक अन्य कुनै पनि गतिविधि तथा क्रियाकलाप सञ्चालन नगर्ने गरी यही वैशाख २८ गते राति १२ः०० बजेदेखि आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा थप गरेको छ । अहिले कार्गो उडानबाहेक अन्य उडान पूर्णरुपले बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार