मकवानपुरमा अक्सिजन अभाव हुँदा उपचारमा समस्या
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १९:५६:४६
३ जेठ,वाग्मती । मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । वाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रुपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।
अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हुँदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिए । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिए ।
कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका छन् । हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र सिलिन्डर व्यस्थापन हुँदै आएको र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।
अक्सिजन उद्योग मकवानपुरमा नभएकै कारण खाली सिलिन्डर लिएर बारा, चितवन, नुवाकोट, विराटनगरलगायतका जिल्लामा भर्न जानुपर्ने बाध्यता छ । कोभिड–१९ का बिरामीलाई मकवानपुरका स्वास्थ्य संस्थामा चाहिने अक्सिजन चितवन, पूर्वी नवलपरासी, बारा, पर्सालगायत जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति पर्याप्त छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप मेलामा डकर्मी तालिमका लागि आवेदन आह्वान
बैशाख २६, २०८१ बुधबार
मनै लोभ्याउने जाकाराण्डा फूल !
बैशाख २६, २०८१ बुधबार
बागमती प्रदेशमा युवा सम्मेलन आयोजना गर्ने
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार