तीन दिनदेखि बेपत्ता भएका बालक अझै भेटिएनन्
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १८:४१:२६
६ जेठ,जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका– ४ खेस्राहा गाउँका एक बालक विगत तीन दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् ।
मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको व्यक्तिले हातको औँला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घर नजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।
बिहान ११ः०० बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर नफर्केपछि घरपरिवारमा चिन्ता बढ्यो र उनकी आमा सङ्गीतादेवीले रुन कराउन थालेपछि घरपरिवारसहित टोल छिमेक सबैले बालक युवराजको खोजतलास गर्न थाले । दिनभरि बालकलाई गाउँभरि खोजियो तर कतै कुनै पत्तो नलागेपछि खेस्राहा प्रहरी चौकीमा जानकारी गराएको उनका बुवा शत्रुधनले बताए ।
त्यसपछि प्रहरीले पनि बालकलाई छिमेकी गाउँमा पनि खोजतलास गरे । बालक फेला परेनन् । त्यसपछि परिवारजन र गाउँलेले बालक युवराजको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालामा अनुरोध गरेपछि प्रहरी निरीक्षक बस्यालले आफैँ र अरु प्रहरीसमेत परिचालन गरी मङ्गलबार अबेर साँझदेखि नै बालकको खोजतलासमा लागिपरेका छन् ।
प्रहरीले बालक युवराजलाई गाउँटोल, छरछिमेक, छिमेकी गाउँ, आफन्त, नातेदारका साथै अहिले सीमा क्षेत्र र सीमापारि भारतीय स्रक्षाकर्मीसँग समेत समन्वय गरेर सीमापारिसम्म पनि खोजतलास गरिरहेका छन् । अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार