मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विवि
नेपालबहस संवाददाता
जेठ ६, २०७८ शुक्रबार ०:२६:१०
६ जेठ,कर्णाली । सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन २०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रुपान्तरण गरेको हो ।
विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा लेखिएको छ, “ठाउँ–ठाउँमा र प्रचलित कानूनमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भन्ने शब्दको सट्टा ‘मध्यपश्चिम विश्वविद्यालय’ भन्ने शब्दहरु राखिनेछ ।”
विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले सरोकार पक्षलाई थाहै नदिई गुपचुपमा स्वायत्त संस्थाको नाम परिवर्तन गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । “विश्वविद्यालय ऐन र नाम परिवर्तनको प्रक्रिया छ तर कुनै पनि पदाधिकारीले थाहै नपाउने गरी नाम परिवर्तन गरिएछ”, उनले भने, “नाम संशोधन गर्नुपरे कम्तीमा सरोकारवालासंँग छलफल गरिनुपथ्र्यो ।”
उपकुलपति सिंहले नाम परिवर्तन गर्न आवश्यक भए कर्णाली, रारा वा अन्य कुनै नाम राख्न सकिने जनाउँदै यस्तो महत्वपूर्ण विषयमा हल्का रुपले निर्णय गर्दा संस्थाको व्ययभार अनावश्यक बढ्न पुगेको बताए । नाम परिवर्तन हुँदा मौज्दात लेटरप्याड, प्रतीकचिह्न, झण्डा, उत्तरपुस्तिकालगायत जिन्सी सामान खेर जानेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार