प्रतिबन्धित धानको बीउको प्रयोग रोक्न अनुगमन
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १९:२५:४१
१० जेठ,कावासोती । गत वर्ष धानको बीउका कारण बाला नलाग्ने समस्या देखिएपछि जिल्लामा अहिले सतर्कता अपनाइएको छ । धानको बीउ राख्ने समय चलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका एग्रोभेटको अनुगमन गरिएको हो । स्वीकृत धानको बीउ नहुँदा पछि समस्या पर्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका एग्रोभेटको अनुगमन गरिएको हो ।
कावासोती, देवचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा रहेका एग्रोभेट तथा बीउबिजन बिक्री गर्ने संस्थामा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । अनुगमनका क्रममा जिल्लाको हुप्सेकोट, दुम्किवास, देवचुलीलगायत केही एग्रोभेटले प्रतिबन्धित र स्वीकृत नभएका धानको बीउ बिक्री वितरण गरेको पाइएपछि जफत गरिएको छ ।
यस क्रममा हुप्सेकोटको सुजल एग्रोभेटबाट १३ किलो प्रतिबन्धित गोरखनाथ धान जफत गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए । सो एग्रोभेटले दुई बोरा गोरखनाथको बीउ ल्याएर अरू बिक्री गरिसकेको र बाँकी रहेको १३ किलो बीउ जफत गरिएको पौडेलले बताए ।
बिनयी त्रिवेणीको सागर फिड एन्ड पोल्ट्री सप्लायर्स र किसान एग्रोभेटबाट ३८९ किलो प्रतिबन्धित तथा स्वीकृत नभएका बीउ जफत गरिएको छ । यी एग्रोभेटबाट गोरखनाथ ५०९, मोती गोल्ड, गोदावरी गङ्गा, जिके गङ्गोत्री, काँवेरी सोना, काँवेरी केपी १०८ जातकोे धानको बीउ जफत गरिएको उनले बताए ।
देवचुली नगरपालिका रजहरका चौधरी एग्रो सेन्टर र मङ्गल भेट फर्माबाट गरी ३२० किलो सुपर सोना काँवेरी, बिपिपी ५२०४ जातको स्वीकृत नभएको धानको बीउ जफत गरिएको छ । अनुगमनका क्रममा अधिकांश घरेलु कार्यालयमा दर्ता नगरेको, समयमा नवीकरण नगरेको, बीउ र विषादीको स्वीकृति नलीकनै बिक्री वितरण गरेको, मूल्यसूची नराखेको, ढकतराजु नवीकरण नगरेको, प्रतिबन्धित विषादी बिक्री गरेको, अन्तिम प्रयोग मिति नभएको पाइएको सहायक प्रजिअ थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
बैशाख २६, २०८१ बुधबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार