कांग्रेसको थप क्रियाशील सदस्यताको विवरण प्रकाशित
नेपालबहस संवाददाता
जेठ १५, २०७८ आइतबार ०:१४:१२
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली प्रकाशन गरेको छ ।
कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरिएको हो ।
यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले यही जेठ २२ गतेभित्र लिखित उजूरी गुनासो पठाउन सक्ने उनले बताए ।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने समितिले जनाएको छ । साथै कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया पु¥याई सफ्टवेयरमा नामावली इन्ट्री गर्दागर्दै इन्ट्री गर्न छुट भएकाले थप समय उपलब्ध गराइपाऊँ भनी समितिमा अनुरोध गर्ने केही जिल्ला र क्षेत्रीय समितिलाई यही जेठ २५ गतेसम्मको थप समय दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध आज अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार