शुक्रबार , असार ११, २०७८

दश महिनामा निर्जीवन बीमा कम्पनीकाे करिब २५ अर्ब बीमा शुल्क संकलन, अग्रस्थानमा शिखर रहँदा पुच्छरमा सानिमा जनरल इन्स्योरेन्स

दश महिनामा निर्जीवन बीमा कम्पनीकाे करिब २५ अर्ब बीमा शुल्क संकलन, अग्रस्थानमा शिखर रहँदा पुच्छरमा सानिमा जनरल इन्स्योरेन्स

१९ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २४ अर्ब ७० करोड रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।

हाल निर्जीवन बीमा व्यवसाय गर्न २० वटा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले ०७७ असार मसान्तयता ०७७ बैशाख मसान्तसम्म २४ अर्ब ७० करोड रुपैयाँ रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हाल संचालनमा रहेका कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश गरिएको छैन । सो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री उक्त परिमाणमा बीमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये १२ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि ३ अर्ब १९ करोड रुपैयाँसम्म ७ वटा कम्पनीले ५२ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको १० महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन गरेका छन् ।

बैशाख मसान्तसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब १९ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

NON LIFE INSURENCE

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय