मंगलबार , असार १, २०७८

दर्शकले इकुपिताङमा इकुलाई हेर्न पाउने

दर्शकले इकुपिताङमा इकुलाई हेर्न पाउने

बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन् ।

‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् । श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफै देखिनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

श्रृखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

eku 1

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृखलामा समेटिएकोछ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्ला रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।

ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दा समेत दर्शकले मनपाराएका थिए ।

eku 4

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाख्दा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ ।’

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाई रहेको छ ।

eku 2

राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृखला असार दोस्रो साताबाट प्रसारणमा आउँनेछ सुलेमानले बताए । श्रृखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्न निकै आर्कषक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त ४ दिन पहिले
गुँड बनाउँदै मेहनती तोप चरा गुँड बनाउँदै मेहनती तोप चरा ६ दिन पहिले
बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ २२ घण्टा पहिले
स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप १ दिन पहिले
फेरि थपियाे उपत्यकामा एक साताका लागि निषेधाज्ञा ! फेरि थपियाे उपत्यकामा एक साताका लागि निषेधाज्ञा ! २ दिन पहिले
हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट २ दिन पहिले
आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी ५ दिन पहिले
फ्रान्सेली राष्ट्रपति म्याँक्रोमाथि हातपात, दुई जना पक्राउ फ्रान्सेली राष्ट्रपति म्याँक्रोमाथि हातपात, दुई जना पक्राउ ६ दिन पहिले