आइतबार , असार ६, २०७८

यस वर्ष विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

यस वर्ष विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

२५ जेठ, काठमाडाैं । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ । कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तिब्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ ।

मङ्गलबार सार्वजनिक “विश्व आर्थिक परिदृश्य” प्रतिवेदनमा यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो । कोरोनाभाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६.६ प्रतिशत रहेको थियो । तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाई छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रहरुले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् । त्यहीकारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने छैन ।

विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकहरुलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकहरुमा खोप अभियान सुस्त छ । बैंकले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । जनवरीमा अमेरिकी अर्थतन्त्र ३.५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको थियो । कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको गत वर्षको आर्थिक वृद्धि ३।५ प्रतिशतले गिरावट आएको थियो । तर खोप अभियान तिब्र बनाएसँगै अमेरिकी अर्थतन्त्र उकालो लागेको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन् २०२१ मा ८.५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । कोरोना भाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २.३ प्रतिशतले वृद्धि भएको थियो । युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६.६ प्रतिशतको गिरावट आएको थियो । जापानको अर्थतन्त्र पनि गत वर्ष ४।७ प्रतिशतले गिरावट आए पनि यस वर्ष २.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग ६ घण्टा पहिले
सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड ७ घण्टा पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा १ घण्टा पहिले
स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने २४ घण्टा पहिले
माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त १९ घण्टा पहिले
महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे ११ घण्टा पहिले
एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता २० घण्टा पहिले
धानखेत गोरूको सहायताले हिल्याउँदै किसान धानखेत गोरूको सहायताले हिल्याउँदै किसान ७ घण्टा पहिले
महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्धार महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्धार २४ घण्टा पहिले
आईपीओ निष्कासनको तयारीमा रहेको जाल्पा लघुवित्तको मुनाफा २३३ प्रतिशतले बढ्यो आईपीओ निष्कासनको तयारीमा रहेको जाल्पा लघुवित्तको मुनाफा २३३ प्रतिशतले बढ्यो २ दिन पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए १ घण्टा पहिले
राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन २ दिन पहिले
अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक उपकरण किन्न माग अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक उपकरण किन्न माग ६ दिन पहिले
सुन्दा अचम्म ! आँपका सुरक्षाकाे लागि तीनजना सुरक्षाकर्मी, ९ वटा कुकुर ! सुन्दा अचम्म ! आँपका सुरक्षाकाे लागि तीनजना सुरक्षाकर्मी, ९ वटा कुकुर ! २ दिन पहिले
सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक : वरिष्ठ नेता पौडेल सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक : वरिष्ठ नेता पौडेल २४ घण्टा पहिले
तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? ५ दिन पहिले