मंगलबार , असार ८, २०७८

विघटनमा अन्तरिम आदेश जारी होला ?

विघटनमा अन्तरिम आदेश जारी होला ?

२६ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा त्यसविरुद्ध लगभग अढाई दर्जन रिट परे । ती सबै रिट उपर आजबाट बल्ल विषय केन्द्रित वहस सुरु भएको छ । रिट निवेदकले विघटन संविधान विपरीत भएको भन्दै खारेजीको मागसहित अन्तरिम आदेशको माग गरेको छ ।

आज दुईजना वरिष्ठ अधिवक्ताहरु महादेव यादव र शम्भु थापाले वहस गरेलगत्तै न्यायधीशहरु अलग्गै छलफलमा बसेका छन् । छलफलमा बस्नअघि वहस गर्ने वरिष्ठ अधिवक्ता थापालाई न्यायधीश इश्वरप्रसाद खतिवडाले प्रश्न गरेका थिए– ए, तपाईहरुले त अन्तरिम आदेशसमेत माग्नुभएको छ क्यार हैन । जवाफमा थापाले माग गरेको बताएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

थापाको वहस टुंगिने वित्तिकै इजलाशका न्यायधीशहरु छलफलमा जुटेका छन् । सम्भवतः प्रस्तुत रिटमा अन्तरिम आदेश जारी गर्ने की नगर्ने भन्ने सन्दर्भमा न्यायधीहरुले एकल धारणा बनाउन आन्तरिक छलफलमा जुटेको स्रोतले बतायो । अब टी ब्रेकपछि बस्ने इजलाशले यसबारे आदेश सुनाउने पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय