सोमबार , असार ७, २०७८

नयाँ संरचना बनेपछि फेरिँदै दोभान बजारको मुहार

नयाँ संरचना बनेपछि फेरिँदै दोभान बजारको मुहार

२८ जेठ,फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।

जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउछन् । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

पछिल्लो समय गाउँगाउँसम्म सडकको पहुँच तथा यातायात सुविधा पुगे पनि बाहिरबाट आयात हुने सामान दोभान बजारमै केन्द्रित गरेर त्यसपछि मात्र गाउँ पुग्ने मैवाखोला गाउँपालिका–३ का वडाध्यक्ष थर्ककुमार चोङ्बाङको भनाइ छ । त्यस्तै ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवालगायत निकासी हुने सबै वस्तु दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा शुरुदेखि नै तीव्रता दिन थालिएको स्थानीयवासी बताउँछन् ।

व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनःस्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माणमा चाँडो गर्नुपर्ने बाध्यता भएको बताउँछन् । केही बचत भएको रकम खर्चिएर तथा ऋण काढेर भए पनि घर संरचना पुनर्निर्माण गर्नुको विकल्प नभएपछि आगलागीका विस्थापितले संरचना निर्माणको कार्य शुरु गरेका अग्निपीडित भोला पौडेलले बताए । पौडेलका अनुसार केहीबाहेक अधिकांश घरधनी अग्निपीडितले नयाँ संरचना बनाउन थालेका छन् ।

यता आगलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको मेरिङ्देन गाउँपालिकाले भने पुनर्निर्माण मापदण्ड बनाएको छ । नयाँ संरचना निर्माणमा पिलर ९खम्बा० सहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको थियो । हाल सोही मापदण्डानुसार घर तथा संरचनाहरु निर्माण हुँदै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए ।

दोभानलाई नमूना बजारका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले पुनर्निर्माण मापदण्ड बनाएको गाउँपालिकाले जनाएको छ । अधिकांश काठ तथा जस्तापाता प्रयोग गरेर बनाइएका कच्ची घर संरचना भएका कारण आगलागीबाट छोटो समयमै आधा बजार जलेर खरानी भएको थियो । त्यसबेलाको आगलागीले रु ४० करोडभन्दा बढीको क्षति भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोभिड सहायता केन्द्रबाट ३ सय भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित कोभिड सहायता केन्द्रबाट ३ सय भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित २ हप्ता पहिले
अन्तर्राष्ट्रिय उडान पुन: खुल्ला, चार एयरलाइन्सले मात्र पाए अनुमति अन्तर्राष्ट्रिय उडान पुन: खुल्ला, चार एयरलाइन्सले मात्र पाए अनुमति ३ हप्ता पहिले
सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया ४ दिन पहिले
आगामी साउन १ गतेदेखि अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने आगामी साउन १ गतेदेखि अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने ३ हप्ता पहिले
अब नेपाली सेनामा ४ वटा मात्र पृतना राखिने : प्रधानसेनापति थापा अब नेपाली सेनामा ४ वटा मात्र पृतना राखिने : प्रधानसेनापति थापा २ हप्ता पहिले
खुल्ला चौरमा शौच गर्न बाध्य विपन्न समुदाय खुल्ला चौरमा शौच गर्न बाध्य विपन्न समुदाय ५ दिन पहिले
नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि, ९९ संक्रमितको मृत्यु नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि, ९९ संक्रमितको मृत्यु २ हप्ता पहिले
कोरोनाबाट जर्नेल दिनेश केसीको मुत्यु, नेपाली सेनाद्धारा दु:ख व्यक्त कोरोनाबाट जर्नेल दिनेश केसीको मुत्यु, नेपाली सेनाद्धारा दु:ख व्यक्त ४ हप्ता पहिले