नेकपा एमाले बागमती प्रदेशमा एकजुट !
नेपालबहस संवाददाता
जेठ २९, २०७८ आइतबार २:२७:५८
२९ जेठ, काठमाडौं । सत्तारुढ दल एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि आन्तरिक विद्रोहको तयारी रहेको माधवकुमार नेपाल पक्षले बाग्मती प्रदेशमा भने पार्टीको संथापन पक्षलाई समर्थन गरेको छ । शीर्ष नेताहरूको विवादले विभाजनको डिलमा पुगेको नेकपा एमाले बागमती प्रदेशमा एकजुट भएको छ ।
केन्द्रमा माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ता गर्ने कि एमालेभित्रै अन्तसंघर्ष गर्ने भन्ने बारेमा व्यापक छलफल गरिरहेको छ । त्यसमध्यमेमा अष्टलक्ष्मी शाक्य हार्डलाइनर नेता बाग्मती प्रदेशमा हुनु र प्रदेश सरकारलाई सहयोग गर्नेगरी अघि बढ्नुमा एमालेको विवाद समाधान उन्मुख भएको हो कि भन्ने आधार तय भएको अनुमान गर्न सकिन्छ ।
बाग्मती प्रदेशमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा एमालेको एकता देखिएपछि सो अनुमान गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई एकपछि अर्को गर्दै बाइपास गरेर निरन्तर अघि बढेपछि पार्टी विभाजन उन्मुख भएको थियो ।
आफ्नो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री बहिर्गमन पक्षमा उभिएका नेता नेपाल समूहका नेताहरू समेत बागमती प्रदेशमा एक भएका छन् । ओली अब सच्चिएर अघि बढ्न नसक्ने भएकाले नयाँ पार्टी दर्ता गरेर अघि बढ्नुपर्ने बताउँदै आएकी स्थायी कमिटी सदस्य शाक्यको पहलमा बागमतीमा पार्टी एकताबद्ध भएकाले पार्टीभित्रको विवादमा ओलीले नयाँ रणनीति अख्तियार गरेका हुन वा माधव नेपाल पक्ष लचिलो भएको हो भन्ने बारेमा केही खुलेको छैन । तर नेपाल पक्षको यो कदमले ओली पक्षलाई पार्टी एकताका लागि दबाब सिर्जना गरेको छ ।
‘केन्द्रमा जस्तो प्रदेशमा पनि अन्य गुटको व्यक्तिसँग बोलचालसमेत हुँदैनथ्यो । तर, हामी सत्तापक्ष भए पनि विपक्षीजस्तो भएर बस्नुपर्ने भयो । मिल्ने आधार तय गर्ने कुरा गरेपछि मूख्यमन्त्रीले दलको बैठकमा बोलाएपछि त्यहाँ मैले हाम्रो कुरा राखेका थिएँ । त्यसपछि एकताबद्ध गरेर अघि बढ्न उहाँ सहमत हुनुभयो । प्रदेशमा पार्टीलाई एकजुट बनाएर अघि लैजान राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समाधानको खोजी गर्ने सहमति भएको छ’, अष्टलक्ष्मी शाक्यले भनिन ।
ओली पक्षले रामबहादुर थापालाई मतदान गरेको अभियोग लगाएर नेपाल पक्षका सांसदलहरुलाई बाग्मती प्रदेशमा गरिएको कारबाहीका लागि स्पष्टीकरण सोधिएको थियो । तर, मिलौँ भन्दै लिखित रुपमा नै कारवाही फिर्ता लिएपछि नेपाल पक्षले पनि मिल्नका लागि सहमत भएको हो । ‘पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजान उहाँहरूले अब केन्द्रको इसारामा चल्न छोड्छु भन्नुभएको छ ,’ उनले भनिन ।‘पार्टीलाई एकताबद्ध बनाएर लैजान प्रदेशमा मैले नेतृत्व गरें, सबै ठाउँमा यसैगरी अगाडि बढ्ने हो भने अध्यक्ष ओलीको कारणले पार्टी विभाजन नै हुन सक्दैन ।’ पार्टीको आन्तरिक विवाद मिलाउने गरी केन्द्रीय कार्यालयमा दुवै पक्षको बैठक औपचारिक अनौपचारिक बैठकहरु बसिरहेका छन् ।
केन्द्रको विवादमा पार्टी अध्यक्ष ओलीले ल्याएको ६ सूत्रीय एकताको प्रस्तावको आधारमा पार्टीको विवाद निरुपण हुनुपर्ने ओली पक्षको दावी छ भने नेपाल पक्षले संसद पुर्नस्थापना गर्नु पर्ने, संसद विघठन गर्दे गर्दा ओलीले कमजोरी गरेका विषयहरुमा आत्मआलोचना गर्नुपर्ने जस्ता विषयहरु उठेका छन् ।
अध्यक्ष ओलीको ६ बुँदे वक्तव्यपछि र वरिष्ठ नेता नेपालको जवाफी वक्तव्यले एमाले एकता संकटमा रहेको विश्लेषण गरिएको थियो । तर विवाद समाधानका उपाय खोज्न फेरि दुवै पक्षका दोस्रो तहका नेताहरू संवादमा बस्नुले एकताको सम्भावना नभए पनि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्षलगायतसँग गरिरहेको राजनीतिक सहकार्यमा भ्रम उत्पादन गर्न सक्ने छ ।
ओली पक्षका नेताले आफूहरू एकताका लागि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किन तयार भए पनि नेता नेपालले वक्तव्य जारी गरेर झन् समस्या थपिएको गुनासो गरेका थिए । नेपाल पक्षका नेताहरूले भने अध्यक्ष ओलीको वक्तव्य गोलमोटल भएको, कारबाही फुकुवा जस्ता विषयहरू नआएको, जेठ २ को न्युनतम शर्त नमानेको, नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीलाई ओलीको एकल निर्णयले हटाएको जस्ता विषयमा मौन रहेकाले थप स्पष्ट हुनुपर्ने धारणा राखेका थिए ।
ओली पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट पार्टीका सांसदहरूको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए । नेपाल पक्षका नेताहरूले त्यो विषय धेरै जटिल नभएको तर अध्यक्ष ओलीलाई नवौं महाधिवेशनको आदेशबाट २०७५ जेठ २ को स्थायी कमिटी बोलाउन, जेठ २ अघिको पार्टी कमिटी ब्युँताउन केले रोकेको हो भन्ने प्रश्न राखेका थिए । उनीहरूले ओलीले पार्टीका नेताहरूलाई धकेल्दै–धकेल्दै विभाजनको डिलमा पु¥याउन खोजेको आभास भइरहेको बताएका थिए । तर बाग्मती प्रदेशमा देखिएको अभूतपूर्व एकताले भने पार्टी केन्द्रलाई दबाबमा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार