ओली पक्षको बैठक बालुवाटारमा
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:१३:५५
९ असार, काठमाडौं । सर्वाेच्च अदालतले एकपछि अर्काे झड्का दिनेगरी फैसला गर्न थालेपछि प्रधानमन्त्री केपी ओली विचलित देखिएका छन् । हिजै मात्र जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद पुनर्गठनलाई सर्वोच्च अदातलले असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश जारी गरेपछि ओली अत्तालिएका छन् ।
सर्वाेच्चको फैसला सार्वजनिक भएलगत्तै उनले पदमुक्त भएका सबै मन्त्रीहरुलाई बालुवाटारमा डाकेर अनौपचारिक बैठक गरे । त्यहाँ पनि ओलीले सर्वाेच्चले अनावश्यक राजनीति गरेको भन्दै रोष प्रकट गरेका थिए । बैठकमा सहभागी पदमुक्त मन्त्रीहरुलाई तत्काल मन्त्री निवास र सरकारी गाडी नछाड्न निर्देशन दिए ।
तर सर्वाेच्चले पदमुक्त गरिसकेका मन्त्रीहरुलाई सरकारी सुविधा प्रयोग गर्न निर्देशन दिएर प्रधानमन्त्रीले अदालतको अपहेलना गरेको आरोप एमाले वृत्तमै लगाइएको छ । पदमुक्त भएका मन्त्रीहरुलाई बैकल्पिक उपाय सोचिने भन्दै ओलीले आश्वास्त पार्न खोजेका छन् । जुन संविधान र नैतिकताका हिसावले गलत हो ।
अदालतले श्रृँखलावद्ध रुपमा सरकारी निर्णयमा बन्देज लगाउन थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भका छलफल गर्न ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका छन् ।
ओलीको सरकारी निवासमा छलफल जारी छ । बैठकमा नेताहरु इश्वर पोखरेल, सुभाषचन्द्र नेम्बाङ, प्रदीपकुमार ज्ञवाली लगायत सहभागी छन् । ओलीले अब प्रतिनिधिसभा पनि पुनस्थापना हुने अड्कल गरेका छन् । हिजै उनले यस्तो आसय प्रकट गरिसकेका छन् ।
आजको छलफलमा पुनस्थापना भयो भने कसरी जादाँ उचित हुन्छ भनेर वहस चलाएका छन् । स्रोतका अनुसार ओली निकट सबै नेताले अझै भिडेरै जाने मनस्थिति बनाएका छन् । ओली पनि अब निकासका लागि राजीनामा दिने भन्दा सबैसँग पौंठाजोरी खेलेरै अगाडि बढ्ने पक्षमा देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार