नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार १४:५१:४
२३ भदौ, काठमाडौं । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ ।
इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको सिफारिसमा उक्त निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले उल्लेख गरेको छ । बाँकी आठ वटा फर्म एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
जनकपुरधामस्थित लर्ड शिवा जनरल सप्लायर्स, नुवाकोटको जिके÷रेहान एण्ड सुन्दरा जेभी, काठमाडौंको नेपाल आर्किटेड एन्ड बिल्डर्स प्रालि, झापाको फ्रेन्डस अर्विट कन्स्ट्रक्सन, नुवाकोटको जलदेवी निर्माण सेवा, सोलुखुम्बुको भंगेरी निर्माण सेवा, दैलखको न्यू बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाई निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
बैशाख २०, २०८१ बिहिबार
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार