एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्री बन्दै
नेपालबहस संवाददाता
असोज १, २०७८ शुक्रबार २३:४:५१
१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
शुक्रबार साँझ नै उनीहरूलाई पद तथा गोपनीयताको सपथ लिने तयारी रहेको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।
तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।
सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुगिन जापानी विदेशमन्त्री खामिखावा, आजै परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने
बैशाख २३, २०८१ आइतबार
एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
रायोको साग बेचेर वार्षिक लाख आम्दानी
बैशाख २३, २०८१ आइतबार
खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
बैशाख २३, २०८१ आइतबार
काठमाडौं आइपुगिन जापानी विदेशमन्त्री खामिखावा, आजै परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने
बैशाख २३, २०८१ आइतबार
घरजग्गा कारोबार: साढे तीन खर्ब लगानी, व्यवसाय सुस्त
बैशाख २३, २०८१ आइतबार
काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहरका रुपमा सूचीकृत
बैशाख २३, २०८१ आइतबार
हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम
बैशाख २३, २०८१ आइतबार