अलैँची टिप्न र भित्र्याउन किसानलाई भ्याइनभ्याइ
नेपालबहस संवाददाता
असोज १, २०७८ शनिबार १:८:७
१ असोज, काठमाडौं । पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ ।
केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको मुल्य अहिले खस्किए पनि किसानहरूमा भने निराश छाएको छैन । तेह्रथुमका अलैँची किसानले पाँचदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छथर–६ सुदापका जीवन मगर बताउँछन् ।
अहिले बजारमा अलैँची प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँ खरिद बिक्री हुँदै आएको व्यापारीले बताएका छन् । जिल्लाको ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैँची खेती हुँदै आएको छ ।
सात सय २३ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती गर्दै आएका किसानहरूको समस्या समाधनका निम्ति सरकारले गुणस्तरस्तरको मुल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र किसानहरूलाई राहत मिल्ने किसान नारायण लिम्बूले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
गण्डकीमा राप्रपाले मत नदिने, मुख्यमन्त्रीको पक्षमा ३० मत
बैशाख २३, २०८१ आइतबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
बैशाख २३, २०८१ आइतबार
ठेकी प्रयोगविहीन हुन थालेपछि जीविकोपार्जनमा समस्या
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
रायोको साग बेचेर वार्षिक लाख आम्दानी
बैशाख २३, २०८१ आइतबार