चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्ने एक पक्राउ
नेपालबहस संवाददाता
असोज ६, २०७८ बिहिबार ३:१९:५२
६ असोज, काठमाडौं । नेपाल प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले ट्रान्सफर्मर चोरी गर्ने धादिङ गल्छी गाउँपालिका–८ का ४३ वर्षीय नारायण थापालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चन्द्रागिरि नगरपालिका–११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले थापाका साथबाट फलाम काट्ने कटर एक थान, पेन्चिस एक थान, स्क्रु ड्राइभर एक थान, विभिन्न साइजको रेञ्ची ११ थान, कपडाको सल दुई थान, प्लाष्टिकको बोरा तीन थान, ट्रान्सफर्मर एक थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रबरको कालो रङ्गको फिता डोरी एक थान बरामद गरेको छ ।
पक्राउ परेका थापामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार