३० आश्विन २०७८, शनिबार

शनिमन्दिर चोकमा सांग्रिला बैंकको शाखा संचालन

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १७:२२


२४ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बिराटनगरमा शाखा संचालन गरेको छ । बिराटनगर महानगरपालिका–६, स्थित शनिमन्दिर चोकमा बैंकको ९८ औं शाखा खुलेको नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले जानकारी दिए ।

बैंकको नयाँ शाखा खुलेसँगै ग्रामीण एवं शहरी क्षेत्रमा रहेको पुँजी एकीकृत गरी बैंकिङ प्रणलिमा लाउन थप टेवा पुग्ने जोशीले बताए । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । बिराटनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । नयाँ खुलेको शाखाको सञ्चालनबाट त्यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको कुरा विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा