१६ मंसिर २०७८, बिहीबार
साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित

प्रकाशित मिति :  ३० आश्विन २०७८, शनिबार २२:४१


३० असोज, काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो । खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ ।

तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा