गरिमा विकास बैंक १५ औं वर्षमा प्रवेश, शाखा संजाल ११५ पुग्यो
नेपालबहस संवाददाता
मंसिर ८, २०७८ बुधबार १७:५०:२२
८ मंसिर, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आजबाट १५औं वर्षमा प्रवेश गरेको छ । बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापना कालको १४औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको हो ।
वार्षिक उत्सवको अवसरमा बैंकले यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभचिन्तकहरुप्रति कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै ६७.१६ अर्ब रुपैयाँ निक्षेप संकलन र ६१।.२१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । बैंकले यो वर्ष पनि निम्नलिखित कार्यक्रमहरु सम्पन्न गरेको छः
– रक्तदान कार्यक्रम स् रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिँदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंजलगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ।
– शाखा कार्यालयहरुको कारोबार शुभारम्भ : निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५औं वार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्काशाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यससँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार