अन्तरघर प्रतिस्पर्धाका आधारमा ५५ परिवार पुरस्कृत
सरला बैजु
मंसिर १९, २०७८ आइतबार १९:२०:३६
१९ मंसिर, नवलपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ का बासिन्दालाई अन्तरघर प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको छ । स्थानीयवासीको घर, स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका विषयमा प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको हो ।
‘सबै यात्राको सुरुआत एउटा सपनाबाट हुन्छ’ परिकल्पनाका आधारमा इच्छाकामना गाउँपालिका–१ का ५७० परिवारबीच आन्तरिक प्रतिस्पर्धा गराइएको थियो । पैँतीसदेखि ६५ परिवारलाई एउटा कलस्टर मान्दै वडा नं १ मा ११ क्लस्टर निर्माण गरी ‘सपना भिलेज सोसियल इम्प्याक्ट’ले प्रतिस्पर्धाका आधारमा पुरस्कार वितरण गरेको हो । प्रति कलस्टर पाँच जनाका दरले ११ कलस्टरबाट ५५ परिवारलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
पहिलो हुनेलाई १६ हजार, दोस्रोलाई १२ हजार, तेस्रोलाई १० हजार, चौथोेलाई सात हजार र पाँचौंलाई पाँच हजार प्रदान गरिएकोे थियो । फलफूलखेती र बाख्रापालन गर्ने उत्कृष्ट किसानलाई १६ हजारका दरले पुरस्कार प्रदान गरिएको छ । स्थानीयवासीलाई हरेक ६ महिनामा आन्तरिक मूल्यांकलको आधारमा पुरस्कार प्रदान गरिँदै आएको गिरीले बताए ।
एघारवटै कलस्टरमा सहजकर्ता राखिएको छ । उनीहरुले गाउँमा पुगेर सहजीकरणका साथै मूल्यांकन गर्छन् । सपना भिलेजका परियोजना अधिकृत अनिल अर्यालले स्थानीयवासीको आयआर्जनलाई प्राथमिकता दिँदै उनीहरुमा उत्प्रेरणा जगाउने काम गर्नुका साथै उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको बताए । इच्छाकामना–१ मा ९५ प्रतिशतभन्दा बढी चेपाङ समुदायको बसोबास छ । संस्थाले बोयर जातको ब्याडे बोका, सुन्तला, कागतिलगायत फलफूलका बिरुवासमेत वितरण गर्दै आएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी मन्त्रले अफिसको तनावपूर्ण अवस्थाबाट तत्काल राहत दिन्छ
बैशाख २५, २०८१ मंगलबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार