घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १७:१३:४९
२१ मंसिर, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८/७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएकोे छ ।
यस्तै आव ०७७/७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेको थियो । जसमध्ये ६० वटा मिलापत्र भएको छ । यस्तै आ।व ०७६/७७ मा ६१ वटा घरेलु हिंसाको निवेदन परेको छ । जसमध्ये ५२ वटा मिलापत्र भएको छ ।
प्रहरीमा आएको उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान-लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाहलगायतको घटना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताए । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीको भनाइ छ ।
उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनी भन्छन्, ‘हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।’
पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाको आउने गरेको राइनास नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक धनकुमारी गुरुङले बताइन् ।
कुटपिट गरेको, महिला हिसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार
बोक्से-सिगाना सडक: १० महिनापछि निर्माण कार्य सुरू
बैशाख २६, २०८१ बुधबार