३ जेष्ठ २०७९, मंगलवार

भीरबाट लडेर किशोरीको मृत्यु

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १८:३५


दिलमाया शाही

९ माघ, जुम्ला । जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।

उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।

भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनले होस नआएर मृत्यु भएको हो ।

मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए । मृतक किशोरी चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् । यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा