चेक क्लियरिङ्ग प्रणालीको कारोबार समय सीमा परिवर्तन
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार १:१०:१२
३ जेठ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस प्रणालीको कारोबार समय सीमामा फेरबदल भएको छ । नेपाल क्लियरिङ्गद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा समेत परिवर्तन गरिएको हाे ।
साथै शनिबार र आइतबार हुने सार्वजनिक बिदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरू शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी जेष्ठ ३ देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।
उक्त व्यवस्था अनुसार चेक क्लियरिङ्ग प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजे सम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ः०० बजे सम्म पेश हुन आएमा चेकहरू सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ ।
हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ्ग दिउँसो ४ः०० बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ्ग सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ । त्यस्तै रु.२०—३० करोडसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ्गको सत्र पनि थप गरी दिउँसो ३ः०० बजे सम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी अन्तर बैंक भुक्तानी प्रणालीमा साँझको ५:०० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरू सोही दिनमा नै राफसाफ हुने व्यवस्था गरिएको छ । साथै बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्म प्राप्त भुक्तानी आदेशहरू हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु प्नि थप गरिएका छन् ।
हरेक कार्यदिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरू समेत सोही दिनमा फर्छ्यौट हुने व्यवस्था गरिएको छ । तोकिएको समय सीमा पश्चात प्रणालीमा पेश हुन आएका कारोबारहरू अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने छ भने जाडो महिनामा (कार्तिक १६ गते देखि माघ १५ गतेसम्म) को समय सीमा सँग मिल्ने गरी समय सीमा एक घण्टाको लागि कम हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार