२२ मंसिर २०७९, बिहीबार
राजनीति

राजसंस्था पुनस्थापना र संघीयता खारेजीकाे एजेण्डा बाेकेका लिङ्देन दाेस्राे पटक सांसद निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १६:२६


८ मंसिर, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संघीय सांसद निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर १ बाट दीपकबहादुर सिंह,, बाँके २ बाट धवलशमशेर राणा र जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी भइसकेका छन् ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
लिङदेनले राजसंस्था पुनस्थापना र संघीयता खारेजी एजेण्डा लिएर चुनावमा होमिएका थिए । उनलाई चुनावमा एमालेले समर्थन गरेकोा थियो ।

पार्टीमा लिङदेनभन्दा दोस्रो वरियताका रविन्द मिश्र भने काठमाडौं १ मा १३२ मतले नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका छन् ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा