प्रतिनिधिसभाः सभामुखलाई अधिकार र सांसदलाई डलरको चिन्ता
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १७:१:२७
१५ चैत, काठमाडौं । पुषको अन्तिम सातादेखि सुरु भएको प्रतिनिधिसभाको आधा समय स्थगित मै वित्यो । चलेका बैठकहरु पनि शीर्ष नेताको एकअर्कालाई आलोचना, प्रधानमन्त्रीलाई विश्वासको मत, शोक प्रस्ताव र नियमित कार्यसूचीमा सीमित भए । सांसदहरुले यो समयमा सदनलाई प्रभावकारी बढाउने भन्दा राम्रो डलर आउने गैरसरकारी संस्थाहरुका विदेश घुम्ने कार्यक्रमलाई नै प्राथमिकता दिएका छन् । आज पनि प्रनितिधसभाको बैठक डाकिएको छ । तर, ठोस कार्ययूची भने छैन् ।
संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची छ । दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।
प्रतिनिधिसभालाई प्रभावकारी बनाउने विषयमा सभामुख देवराज घिमिरेको पनि तदारुकता देखएका छैनन् । उनी अहिले सभामुखका तजविजी अधिकार कटौति हुने चिन्तामा छन् । संशोधित प्रतिनिधिसभाको नियामवलीको मस्यौदा पनि सांसदहरुलाई सहज हुने ढंगले बनाइएको छ । यसको मस्यौदा पेस भएपनि अहिलेसम्म छलफल चछलेको छैन् । गत पुस २५ गतेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशनमा सरकारले खास विजनेस दिन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि संसदलाई प्रभावकारी बनाउन भन्दा सरकार जोगाउने विषयमा नै बढी चिन्ता छ । सरकारका तर्फबाट यो अवधिमा जम्मा तीनवटा विधेयक मात्र दर्ता भएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु भएको ८० दिन भयो । यो विधेयक अधिवेशनमा सरकारले जम्मा तीन वटा विधेयक दर्ता गरेको छ । बरु दुई महिनाकै अवधिमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले संसदबाट दुई पटक विश्वासको मत लिए ।
अहिले प्रतिनिधिसभाले गर्नु पर्ने कामहरु थुप्रै थिए । अघिल्लो सदनबाट पारित भएको नागरिकता विधेयक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेकै कारण अझै अन्योलमा छ । सरकारले पनि पुनः विधेयक सदनमा ल्याएको छैन् । जसका कारण जन्मका आधारमा नागरिकता नपाएका सन्तानले नागरिकता पाएका छैनन् । मुलुक संघीयतामा गएको ५ वर्ष पूरा हुँदा पनि कर्मचारी व्यवस्थापन गर्ने निजामती विधेयकसमेत सरकारले ल्याउन सकेको छैन ।
संसद प्रभावकारी बनाउन प्रमुख विपक्षी दल एमालेले पनि चासो दिएको छैन् । सदनले पनि आफ्नो नियम बनाउन सकेको छैन । नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने गरी सत्तापक्षका सांसदहरूले संशोधन राखेपछि नियमावली थप गिजोलिएको छ । अब सभामुख आफ्नो अधिकार कसरी हुन्छ, कायमै राख्न लागि परेका पर्ने छन् भने प्रधानमन्त्री प्रचण्ड टीआरसी र संवैधानिक परिषद् विधेयक पारित गर्ने हतारमा छन् ।
संसदमा खास काम नभएको भन्दै केही संसदहरु विना जानकारी भारत भ्रमण गएका छन् । यसअघि पनि सांसदहरुको टोली अमेरिका लगायता देशको भ्रमणमा गएको थियो । कतिपय सांसदलाई चुनाव जित्नु डलरका लागि विदेश जानु जस्तै भएको छ । यतिबेला संसद्लाई जानकारी नदिई १२ सांसद एनजीओको समन्वयमा भारत गएका छन् । जुन प्राथमिकताको साथ टीआरसी र संवैधानिक परिषद्को विधेयक आयो, त्यसैगरी नागरिकता विधेयक पनि सरकारले ल्याउनुपनेए थियो । त ,ल्याएको छैन् । यसमा दलहरुबीचमा नै सहमति छैन् ।
संसद् सुरु भएपछि सभामुख, उपसभामुखको निर्वाचन भयो । टीआरसी, संवैधानिक परिषद्, संसद्को नियमावली अघि बढिरहेकाले अरू थप विधेयक क्रमशः सदनमा प्रवेश पाएपनि छलफल भएको छैन् । नागरिकता र निजामती कर्मचारीसम्बन्धी विधेयक सरकारको प्राथमिकतामा देखिएको छैन् । यो बेलासम्म सबैजसो मन्त्रालयले ल्याउने विधेयक सदनमा पेस भई सक्नुपर्ने थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार