जापानमा सुपरमार्केटको विक्रीदरमा ४.१ प्रतिशत कमी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १३:४२:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/Japan1_OJ7FlQEmpT.jpg)
६ मंसिर एजेन्सी । जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबरमा कमी आएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा यस वर्षको अक्टोबरमा ४.१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीबार जनाएको छ ।
उक्त सङ्गठनले सुपरमार्केटको सामान विक्रीदरमा कमी आउनुमा जापानमा गत महिना आएको आँधी तथा अन्य खराब मौसम, अक्टोबरमा गरिएको उपभोक्ता कर वृद्धि जिम्मेवार भएको जनाएको छ ।
सुपरमार्केटहरूको सङ्गठनका अनुसार जापानका ठूला सुपरमार्केट सञ्चालक ५५ कम्पनीका १० हजार ५२२ सुपरमार्केटहरूले अक्टोबरमा कूल नौ अर्ब अमेरिकी डलर बराबरको कारोवार गरेका थिए । यद्यपि यी सुपरमार्केटमा सेप्टेम्बरमा भएको कारोबार भने मार्चपछि आशालाग्दो रूपमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
उद्योगहरूले दिएको तथ्याङ्कमा घरायसी सामानहरूको वृद्धिदरमा अक्टोबरमा ७.२ प्रतिशतले कमी आएको थियो । उद्योगीहरूले कारोबारमा देखिएको कमीलाई उपभोक्ता करमा गरिएको करवृद्धिलाई नै जिम्मेवार बताएका छन् ।
यद्यपि उपभोक्ता कर वृद्धि नगरिएका खाद्यान्नका सामग्रीको कारोबार भने १.३ प्रतिशतले कमी देखिएको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष जापानमा अन्य वर्षको तुलनामा यस वर्ष न्यानो मौसम रहेकोले चिसोमा प्रयोग हुने लत्ता कपडाको कारोवारमा निकै कमी आएको छ ।
गत वर्षको तुलनामा अक्टोबरमा लत्ता कपडाको कारोबार रकममा १५.१ प्रतिशतले कमी आएको छ । जापानमा जाडोका लुगाहरू प्रायः अक्टोबरमा बढी विक्री हुने गर्छन् । तर अक्टोबरको कारोबार सोचेभन्दा निकै खराब देखिएको सङ्गठनको तथ्याङ्कमा छ ।
यद्यपि कारोबारमा देखिएको कमीलाई उपभोक्ता कर वृद्धिका साथै उनीहरूको मूल्य वृद्धिको मनोविज्ञानका कारण पनि प्रभावित पारेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार