चितवनमा वडाध्यक्षमा नेपाली कांग्रेस विजयी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १५:१३:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/congress89-1_iLOpvp9QUL-e1572507054167_WFrPA9CLtE.png)
१५ मंसिर चितवन । यहाँका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का भक्तराज हमाललाई पराजित गरेका छन्।
अमृतराजले तीन हजार १८३ मत प्राप्त गरेका छन्, भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरेका छन्। यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका छन्। बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका छन् ।
खैरहनीकै वडा नं ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेका छन् । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।
प्यूठान : प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका छन्। विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गरेका छन् ।
अछाम : मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का रमेश खड्का विजयी भएका छन् । नेपाली कांग्रेस उम्मेदवार रहेका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी भएका छन् ।
कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका थिए,भने उनका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गरे। नेपाली कांग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएका हुन। यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो ।
झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र कांग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार