SEE दिने विद्यार्थीहरुका लागि डिशहोमको सौगात SEE तयारी कक्षा
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार १७:३७:४८
१ पुस काठमाडौं । मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले SEE दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि SEE तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानल मार्फत् गरिनेछ ।
डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्, त्यो पनि आफ्नै घरमा बसी बसी । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ ।
डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् ।
यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ ।
SEE का विद्यार्थीहरु लक्षित विषयगत प्रसारण गरिन लागेको सम्बन्धमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, “हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले नै SEE दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि क्भ्भ् तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं “।
डिशहोम नेपालमा टिभी च्यानल वितरण गर्ने सबैभन्दा ठूलो सञ्जाल र पहुँच भएको वितरक हो । यस मार्फत् वितरित च्यानलहरु साँच्चिकै एचडि प्रविधिको भएको अनुभव दर्शकहरुले गर्ने गरेका छन् । उत्कृष्ट गुणस्तरको प्रसारण सिग्नल भएको यो च्यानलबाट विद्यार्थीहरुका लागि प्रसारण गरिने SEE तयारी कक्षाको सहयोगबाट भविष्य उज्वल बनाउने उद्देश्यमा अघि बढेका विद्यार्थीहरु लाभान्वीत हुनेछन् भन्ने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार