राष्ट्रपतिको सक्रियता, ओलीको चाहना
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार २१:३४:२४
सम्पादकीय
६ पुस काठमाडौं । नेपालमा राष्ट्रपतीय शासन पद्धतिको पूर्वाभ्यास जोडदार रुपमा प्रारम्भ भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियताले त्यसैको पुष्टी गरेको छ ।
राष्ट्रपति भण्डारी नजानिंदो पाराले शक्तिको अभ्यासमा लिप्त भएकी छन् । यो उनको व्यक्तिगत चाहना भन्दा प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी ओलीको डिजाइन हो । ओली चाहन्छन्, आफूपछिको सत्ता विद्याले चलाउन । देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली धेरै राजनीतिक दलको चाहना हो । साथै, मधेसवादी दलहरु पनि त्यही मुद्धामा एकमत छन् ।
प्रधानमन्त्री केपी ओलीको गिर्दाे स्वास्थ अवस्थाले पनि यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता आइपरेको बुझ्न सकिन्छ । ओलीको चाहना भनेको आफूले सकुञ्जेल देशको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्ने नसक्ने अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जिम्मा लगाउने नै हो ।
यसबाट ओलीलाई दुई वटा फाइदा पुग्ने छ । पहिलो त सत्ता अरुलाई सुम्पिनु परेन । दोस्रो पार्टीको घोषणापत्र बमोजिम प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रार्दुभाव गरेको जश पनि पाइने । त्यसैले राष्ट्रपतीय शासन पद्धतिको पूर्वाभ्यासका रुपमा विद्यादेवीलाई विस्तारै सक्रिय बनाउन थालिएको छ ।
त्यसको पछिल्लो प्रकरण हिजो शनिबार मात्रै पटाक्षेप भएको छ । राष्ट्रपतिले सत्तारुढ दलका ११ जना नेतालाई शीतल निवास डाकेर ब्रिफिङ लिइन । सरकारका काम कारबाहीबारे उनले पार्टीका दोस्रो तहका नेता र केही मन्त्रीसँग ब्रिफिङ लिने काम गरिन् । जबकी यस्तो अधिकार उनलाई संविधानले दिंदैन ।
उनलाई केही बुभ्mन परे निश्चित प्रकृया पूरा गर्नुपर्ने हुन्छ । सरकारको अनुमति लिएर मात्रै यस्तो गर्ने प्रचलन रहने गरेको छ संवैधानिक राष्ट्रपति भएका मुलुकमा । सामान्यतः राष्ट्रपतिले आफ्ना गुनासा वा भनाई प्रधानमन्त्रीमार्फत राख्नुपर्ने प्रचलन रहेको छ । तर विद्यालाई त्यो औपचारिकता पूरा गर्न आवश्यक रहेन । किनभने स्वयं प्रधानमन्त्री ओलीकै सहमतिमा उनले यस्तो कृयाकलाप गरेकी थिइन् ।
यो त राजनीतिक तहमा कस्तो प्रतिक्रृया आउँछ भनेर परीक्षण गर्न मात्रै चालिएको कदम हो । कस्तो हलचल आउँछ भनेर बुझ्न राष्ट्रपतिलाई चलायमान गरिएको हो । यो प्रकरणले सत्ताधारी दल भित्रै थोरै पराकम्पन आयो । तर विपक्षी नेपाली काँग्रेस लगायत अन्य दलबाट कुनै प्रतिकृया आएको छैन । जबकी यस्तो संवेदनशील विषयमा नेपाली कांग्रेसले तत्कालै प्रतिक्रृया दिनु पर्ने हो । कांग्रेस नेताहरु आफ्नै घर झगडामा रुमल्लिएका छन् । ठीक यही बेला ओलीले राष्ट्रपति शासनको रिहर्सल गरेका छन् ।
पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी नै नदिई राष्ट्रपतिको निम्तो मान्न गएको भन्दै आपत्ति जनाइएको नाटक मञ्चन भएको छ । साथै ओली विरोधी केही नेताहरुले भने यसलाई मुखको तीतो फाल्ने अवसरका रुपमा प्रयोग गरेका मात्र हुन् ।
जबकी नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली पार्टीकै घोषणापत्रमा उल्लेखित नीति हो । त्यसैले अहिले उठेका विरोधको मसिना स्वर पनि समयक्रममा निस्तेज हुने छन् नेकपा भित्र । तर नेपाली कांग्रेस भने यस्तो संवेदनशील विषयमा प्रतिक्रृयाविहीन छ । नेतृत्वको कमजोरीले भोली ठूलै समस्या आउन सक्छ । नेपाली कांग्रेसको चाहना विपरित यस्तो व्यवस्था भयो भने त्यसलाई कसरी लिने भन्ने विषय पनि गम्भिर छ ।
प्रधानमन्त्री ओलीको चाहना भनेको अब सत्ता अरुलाई हस्तान्तरण नगर्ने नै रहेको छ । कमजोर स्वास्थ भएकाले कुनै पनि बेला लामो समय आराम गर्नु पर्ने हुन सक्छ भन्ने बुझाई ओलीको छ । केही समयपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने उनको चाहना छ । त्यसका लागि दुई चार महिना समय लाग्न सक्छ । त्यसैले उनी चाहन्छन् यही बीचमा संविधानमा संशोधन होस् ।
झण्डै दुई तिहाईको संख्यामा संसद्मा उपस्थिति रहेपनि ओलीले संघीय समाजबादीको समर्थन लिएका छन् । अब उनी समाजबादीको ठाउँमा अर्काे मधेसवादी दल राष्ट्रिय जनता पार्टीको साथ लिएर संविधान संशोधन गर्ने पक्षमा छन् । त्यसको संकेत ओलीले दिइसकेका छन् ।
राष्ट्रिय सभाको रिक्त पदमा राजपासँग तालमेल गर्ने निर्णय गरेको नेकपाले आगामी दिन सरकारमा समेत प्रवेश गराउने संभावना छ । आफ्नो एकल वहुमत भएपनि अरु दललाई सरकारमा समावेश गराउने पर्ने वाध्यताका पछाडि यिनै कारण हुन् ।
त्यसैले राष्ट्रपतिलाई अहिलेदेखि नै त्यसको पूर्वाभ्यास गर्न लगाइएको हो । अहिलेसम्मको अवस्था हेर्दा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलले यो मुद्धामा ओली सरकारलाई सघाउने संभावना देखिन्छ । त्यसैले पनि आउने दिन नेपाली राजनीतिक क्षेत्रले नयाँ अभ्यास र द्वन्द्वको सामना गर्न पर्ने अवस्था देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
बैशाख १८, २०८१ मंगलबार
उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज
बैशाख १८, २०८१ मंगलबार
न्यूजील्याण्डको टी–२० विश्वकप खेल्ने टिमको घोषणा
बैशाख १८, २०८१ मंगलबार
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
बैशाख १८, २०८१ मंगलबार
वीरेन्द्रनगरमा ढकमक्क ज्याकाराण्डा
बैशाख १८, २०८१ मंगलबार
पूजा शर्माको फिल्म ‘दान्भी’ असार ७ देखि प्रदर्शन हुने
बैशाख १८, २०८१ मंगलबार