नसुध्रेको कांग्रेसमा देउवाको दादागिरी
इन्द्र रिजाल
पुस १२, २०७६ शनिबार १८:५३:४८
सम्पादकीय
१२ पुष, काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापना र पुर्नस्थापनाका लागि पटकपटक संघर्ष गरेको नेपाली कांग्रेस यतिबेला दुई चार जनाको भागबण्डा गर्ने क्लब बन्न पुगेको छ ।
राणा शासनदेखि पञ्चायत र ज्ञानेन्द्रको शाही शासनको प्रतिकार गर्न अग्रणी भूमिका निर्वाह गरेको गौरवशाली शक्ति नेपाली कांग्रेस यतिबेला शेरबहादुर देउवा र रामचन्द्र पौडेलको स्वार्थको बन्धक बन्न पुगेको छ । पार्टीलाई जनताको माझ लैजाने भन्दा स्वार्थ भजाउने भाँडोका रुपमा दुरुपयोग गर्ने केही नेता कार्यकर्ताको यस्तो शैलीले आम कार्यकर्तामा चरम निराशा बढेको छ ।
यति हुँदा पनि नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार छैनन् । जसरी भएपनि कांग्रेसको बुढो रुखको जरो खोतल्नेमै उनीहरुको ध्याउन्न रहेको छ । करिब दुई सातादेखि पार्टी अनिर्णयको बन्दी बनेकोमा हिजोको एकलौटी निर्णयले पार्टीभित्र विवाद र बिग्रह झनै बढ्ने संकेत प्रष्ट रुपमा देखिएको छ ।
अहिले फेरि आफ्नाे गुट बलियो बनाउने नाममा तीनै थरि कांग्रेस पौंठाजोरी खेल्दै छन् । कोइराला विरासतबाट देउवाले पार्टी नेतृत्व त खोसे । तर कोइराला भन्दा एकांकी रुपमा उनले पार्टी संचालन गर्न थाले । कोइरालाले एकलौटी पार्टी चलाएको आरोप लगाउने देउवा आफैं पदमा पुगेपछि कोइरालालाई नै बिर्साउने गरी दादागिरी गर्न थाले ।
सभापतिको भूमिकामा रहेका देउवा आफैं एउटा गुट चलाएर बसेका छन् । पौडेलको नाममा सक्रिय अर्काे गुट पनि देउवाकै सिको गर्दैछ । अझ कृष्णप्रसाद सिटौलाको नाममा अर्काे स्वार्थी गुट चल्मलाई रहेको छ । पार्टीले इतिहासमै लज्जास्पद पराजय भोग्दा पनि नेताहरुको घैटोमा घाम लागेको छैन । अझै पनि कांग्रेसको नाममा खानपानमा डुबेका छन् ।
आम कार्यकर्ताको भावना र चाहना कसैलाई मतलव छैन ।
अहिले फेरि आफ्नाे गुट बलियो बनाउने नाममा तीनै थरि कांग्रेस पौंठाजोरी खेल्दै छन् । कोइराला विरासतबाट देउवाले पार्टी नेतृत्व त खोसे । तर कोइराला भन्दा एकांकी रुपमा उनले पार्टी संचालन गर्न थाले । कोइरालाले एकलौटी पार्टी चलाएको आरोप लगाउने देउवा आफैं पदमा पुगेपछि कोइरालालाई नै बिर्साउने गरी दादागिरी गर्न थाले ।
उनै देउवा सभापति भएपछि कांग्रेस इतिहासमै सबैभन्दा कमजोर बन्न पुग्यो । हरेक मोर्चामा कांग्रेस प्रतिरक्षात्मक बन्न पुग्यो । मुलुकमा जति पनि अनिमियतता वा बद्मासीका प्रकरण सार्वजनिक भए, प्राय सबैमा देउवाको नाम जोडिन पुगेको छ । जसले गर्दा आम कार्यकर्ता सधैं रक्षात्मक बन्नु परेको छ । कार्यकर्ताको आत्मबल र नूर गिर्न पुगेको छ । संसद्मा लुते उपस्थिति रहेको कांग्रेसको यो हविगत पनि उनै देउवाको कार्यकालमा देखियो ।
तर समयक्रममा कम्युनिष्ट सरकारको वास्तविक अनुहार जनतासामु छर्लङ्ग त भयो । तर कांग्रेसले त्यसलाई उपयोग गर्न भने सकेन । जुन अहिले सुवर्ण अवसर थियो । केपी ओलीलाई दुईतिहाई समर्थन गर्ने जनताको अभिमत भुत्ते भईसकेको अवस्था छ । तर कांग्रेसजन भने आफैं घर झगडामा व्यस्त छन् ।
तर मुद्धा ज्यूँका त्यूँ छ । कारण भागबण्डामै कुरा मिलेको छैन । बाहिर देखाउन जे भने पनि भित्री कथा भने भागबण्डाकै छ । त्यसैले काले काले मिलेर खाउँ भन्ने सिद्धान्तले कांग्रेस नराम्ररी थलिएको छ । यो प्रवृत्ति रहेसम्म कांग्रेसको हालत सुध्रन नसक्ने बुझाई धेरैको छ ।
महाधिवेशनबाट प्राप्त चार वर्षे कार्यकाल आगामी फागुनमा पूरा हुँदैछ । तर अर्काे अधिवेशन गराउनेमा देउवाको उदासिनता देखिएको छ । हिजो मात्र उनले एकतर्फी रुपमा केनिद्रय समितिको म्याद एक बर्ष बढाएर अर्को फागुनमा महाधिवेशन गर्ने निर्णय गराएका छन् । उनले सहमति बिना नै एकवर्ष कार्यकाल थपेर अहिलेसम्म नगरेको ४१ वटा विभाग गठन त्यो पनि संख्या बढाएर गरिएको छ ।
पौडेल चाहिं आगामी मंसिरभित्रै महाधिवेशनको कार्यतालिका बनोस् अनि भातृसंस्था र विभागमा आफ्नो गुटको बलियो उपस्थिति होस् भन्ने चाहन्छन् । त्यही मुद्धामा कुरा नमिलेकाले दुई सातादेखि केन्द्रीय कार्य समिति बैठक बस्न नसकेकोमा हिजो पौडेल समुहको बहिष्कारका बाबजुद पेलेरै निर्णय गर्न थालेका छन् । यस्तो प्रवृत्तिले समस्या झनै बल्झाउने देखिएको छ ।
बिगतमा विवाद मिलाउन दुबै पक्षका वार्ताकार पटकपटक वैठकमा बसे । तर मुद्धा ज्यूँका त्यूँ छ । कारण भागबण्डामै कुरा मिलेको छैन । बाहिर देखाउन जे भने पनि भित्री कथा भने भागबण्डाकै छ । त्यसैले काले काले मिलेर खाउँ भन्ने सिद्धान्तले कांग्रेस नराम्ररी थलिएको छ । यो प्रवृत्ति रहेसम्म कांग्रेसको हालत सुध्रन नसक्ने बुझाई धेरैको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
कसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
उपनिर्वाचनको राजनीतिलाई पाठ : नैतिकता गिरे राजनीति ओरालो लाग्न सक्छ
बैशाख १८, २०८१ मंगलबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार