बीबीएसका बिद्यार्थीले कमाउछन् दैनिक १० हजार, मिहिनेत गरे स्वदेशमै राम्रो आय आर्जन
इन्द्र रिजाल
पुस २१, २०७६ सोमबार २१:४४:२८
♦ अनिल गुप्ता
२१ पुष, बीरगञ्ज । वीपीसी कलेजमा बीबीएसमा अध्ययनरत बारा र पर्साका विधार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भने उद्देश्यले ब्रदर्स ग्रुपको निर्माण गरी बीरगंजको घण्टाघरमा एक वर्ष अगाडीदेखि द बियर्ड शप जेन्स पार्लर सञ्चालन गरेकोमा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको तथा यस अवधिमा राम्रो आय आर्जन गरी उदाहरणीय कार्य गरेका छन ।
ती विधार्थीहरुको लागि राम्रो आम्दानी भएको तथा आमाबुवासँग पढाई खर्चको लागि पटकपटक पैसा माग्नु नपरेको हुनाले ती विधार्थीहरु साह्रै खुशी भएको बताएका छन् ।
त्यही हर्सोल्लासका साथ ब्रदर्स ग्रुपले द बियर्ड शप-२ जेन्स पार्लरको दोस्रो शाखा बीरगंजको पानीटंकी चोकमा एक कार्यक्रम गरी संचालनमा ल्याएको छ । सो पार्लरको उद्घाटन गर्दै तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि लोकेश सिंहले युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने अति नै सराहनीय कार्य गरेको तथा युवाहरुको लागि राम्रो उदाहरण ब्रदर्स ग्रुपले प्रमाणित गरेर देखाएकोमा खुशी व्यक्त गरेका छन् ।
नेपाली युवाहरुले स्वदेशमा सानोतिनो काम नगर्ने तर बिदेशमा गएर जस्तोसुकै पनि काम गर्न तयार हुनेहरुले ब्रदर्स ग्रुपबाट सिक्नु पर्ने तथा बीबीएस पढ्दै गरेका युवाहरुले दिउँसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय भएको सो कार्यक्रमका प्रमुख अतिथि सिंहले बताउदै तन मन धन लगाएर ईमानदारिताका साथ स्वदेशमै व्यवसाय गर्नको लागि आग्रह समेत गरेका छन् ।
सो पार्लरमा मसाजदेखि कपाल काट्ने, कपालमा कलर गर्ने, मेकअप लगाएत सबै खाले सुविधा रहेको तथा अध्याधुनिक प्रविधिमार्फत सेवा प्रदान गरिने, विधार्थी तथा असहायहरुलाई दश प्रतिशत छुटको ब्यवस्था समेत रहेको ब्रदर्स ग्रुपका प्रोपाईटर रिशाल रमन साहले जानकारी दिएका छन् ।
दैनिक दश हजारसम्म पहिलो पार्लरबाट आम्दानी भईरहेको तथा दोस्रो शाखाबाट पनि यस्तै आम्दानी हुने अपेक्षा समेत गरेको साहले बताए । द ब्रदर्स ग्रुपमा वीपनी गुप्ता, राजेश ठाकुर लगाएत वीवीएस अध्ययन गर्दै गरेका दश जना युवाहरुले रोजगारी समेत पाएको प्रोप्राईटर साहले जानकारी दिए ।
सो कार्यक्रममा श्रीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक शाह, परवानीपुर गाउँपालिकाका सदस्य सञ्जु शाह, तरुण दल बाराका क्षेत्रीय सभापति राजकिशोर गुप्ता लगाएतको सहभागिता रहेको थियो भन्ने सो कार्यक्रमको संचालन रमन साहले गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार