छात्र÷छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १४:२७:२२
२७ पुस सिन्धुली । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘नाष्ट’का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिए ।
यहाँस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उहाँले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले शिक्षा क्षेत्रको विकासमा नगरपालिकालाई नमूना शहरको रुपमा विकास गर्न विज्ञान र प्रविधिमा प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । कमला उच्च मावि, जनज्योति मावि, श्री मावि, गौमती मावि, जनता आवासीय मावि र न्यू इङ्लिस बोर्डिङ स्कूलका ४० छात्र-छात्राले व्यवहारिक अभ्याससहितको अन्तरिक्ष कार्यशालामा आ–आफ्ना आविष्कार प्रदर्शन गरेका थिए ।
आयोजक विद्यालय न्यू इङ्लिस बोर्डिङ स्कूलका प्राचार्य प्रशान्त ढकालका अनुसार कार्यशालामा सहभागीले स्याटेलाइट, दूरविन र रोबर्ट प्रदर्शन गर्नुका साथै नेपाली स्याटेलाइट निर्माणकर्ता आभाष मास्केसँग टेलिकाष्टका माध्यमबाट नवीनतम् विज्ञान तथा प्रविधिका विषयमा अन्तक्र्रियासमेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार