मासु चिउरा खाजा खान पाएपछि बालबालिकालाई खुशी
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १४:३४:२७
१६ माघ तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आर्कषण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ । कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिए । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६२८ छात्रछात्रा लाभान्वित भएका छन् ।
आर्थिक वर्ष ०७६/०७७ को लागि रु २५ लाख विनियोजन भएकोमा पहिलो चैमासिकमा रु छ लाख ३३ हजार ७५० र दोस्रो चौमासिकमा रु आठ लाख ५० हजार ९२० बजेट निकासा गरिसकिएको उनले बताए । प्रत्येक विद्यालयमा जनप्रतिनिधिको निगरानी रहने गरी पत्रुखाना रहितको खाजाको व्यवस्था गरिएको छ । उनले भने, “कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन गर्दै आएका छन् ।”
खाजाको परिकारमा तरकारी चिउरा, चना अण्डा, र महिनामा एक दिन मासु चिउराको व्यवस्था हुनेछ । गाउँपालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले प्रदान गरिएको र अभिभावकसँग रु पाँच का दरले पैसा सङ्कलन गरिएको उनले जानकारी दिए । विद्यालयमा खान पकाउने सामग्रीको व्यवस्था गरी एक जना कर्मचारी खाजा बनाउने, खुवाउने र भाँडा माझ्नको लागि राखिएको छ ।
कार्यक्रम लागू भएका विद्यालयको समय समयमा अनुगमन गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले जानकारी दिए। विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय भएर भाग लिन सक्छन् भन्ने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार