विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउन ४४ अक्षयकोष
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १५:५९:५१
२ फागुन रामपुर । रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब रु आठ लाख बराबरको अक्षयकोष स्थापना गरिदिएका थिए।
रामपुर नगरपालिका भित्र एकै पटक धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ । विद्यालयको समग्र शैक्षिक गुणस्तर माथि उठाउन र विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोष दाता तथा रामपुर नगरपालिका–४ का अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए ।
उनले स्व मातापिता तथा सासू ससुरा एवं सानीआमाको सम्झनामा ‘दल्लीमाया गङ्गाबहादुर चित्रा तेजबहादुर सुमित्रा लालुमाया सार्की’ स्मृति अक्षयकोष स्थापना गरी रु ५० हजार ५०१ एक रकम सहयोग गरेका थिए ।
विद्यार्थीको सिङ्गो जीवनसँग आर्थिक जोडिने भएको हुँदा विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक गुणस्तर उपलब्धिमा सहयोग पुग्ने प्रधानाध्यापक सोमबहादुर सेनले बताए । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ । उनीहरुका लागि विद्यालयको प्रशस्त आयस्रोत नहुँदा विभिन्न व्यक्तिसँग समन्वय गरेर सानो सानो सहयोग भइरहेको थियो, अब विद्यालयमा नै यति धेरै अक्षयकोष स्थापना भएपछि शिक्षणमा ठूलो राहत मिलेको छ”, उनले भने ।
विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकारी दिए । अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले लगानी गर्ने भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी भएका छन् ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, शिक्षक अभिभावक सङ्घले अक्षयकोष अभियान गाउँगाउँमा चलाएपछि स्वतःफूर्त रुपमा खुशी भएर शिक्षाप्रेमी, अभिभावक, शुभेच्छुकले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरेको शिक्षक रामबहादुररानाले बताए।
भौतिक पूर्वाधारमा झट्ट विकास नहुँदा विद्यालय सहयोगमा कसैको चासो थिएन । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, गाउँवासी जुटेर विभिन्न सङ्घ संस्था, जापानी संस्थासँग समन्वय र सहकार्य गरी अहिले पूर्वाधारमा अगाडि बढेको छ ।
सो विद्यालय रामपुर नगरपालिकाको केन्द्र नजिकै भए पनि बत्तीमुनिको अँध्यारोजस्तै थियो । पछिल्लो समय विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ । विद्यालयमा रु पाँच हजारदेखि ५० हजारसम्मका अक्षयकोष स्थापना भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार