प्रेम सम्बन्धले छोरा अकलेशको हत्या भएको दावी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार २१:३:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/aklesh_q13TXtuB3f.jpg)
♦ धीरुभाइ
२०, फागुन सप्तरी । गाउँकै एक केटीसँगको प्रेम सम्बन्धका कारण केटीका आफन्तहरु मिलेर छोराको हत्या गरेको सप्तरीको रुपनी गाउँपालिका ३ कटैयाका शिवनारायण मालीको आरोप छ । उनले आफ्नो १४ वर्षीय छोरा अकलेश मालीको हत्या गरी गाउँमै भुण्डयाएको दावी गरेका छन् । उनका छोरा अकलेश गत फागुन ६ गते राती आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सो राती घरमा खाना खाएर हजुरआमाको कोठामा मोबाइल चलाएर बसेको अवस्थामा छोराले एकाएक केही समयमा आउछु भनेर मोबाइलसहित घरबाट निस्केर गएको विज्ञप्तीमा उल्लेख गरिएको छ । धेरैबेरसम्म फर्केर नआएपछि छोराको मोवाइलमा सम्पर्क गर्दा फोन जाने तर फोन नउठेपछि रातभरी निजका साथीभाइसहित गाउँलेले चारैतर्फ खोजतलास गर्दा पनि नभेटेको बताइएको छ ।
तर, सोही दिनको बिहान आपँको रुखमा साडीको पासो लगाई दुबै खुट्टा भुइँमा छोइएको अवस्थामा मृत फेला परेको जानकारी गराइएको छ । उनको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम गरी शिवनारायणका दाजु बैजनाथ मालीसँग प्रहरीले के कस्तो कागज लेखाइ सहीछाप गराइ जिम्मा लगाएको उनको कथन छ ।
छोरा अकलेशको गाउँकै एक मण्डल थरकी केटीसँग मोबाइलमा धेरै पटक एसएमएसमार्फत सर्म्पक तथा कुराकानी भएको भन्दै विज्ञप्तीमा सोही कारण केटीका आफन्तहरु मिलेर छोराको कुटपिट गरी मारेर आँपको रुखमा झुण्डयाएको बुवा शिवनारायणले दावी गरेका छन् ।
मोवाइलमा छोरा र केटीको मोबाइलको सिम, एसएमएस र घटनाको बारे केटीको भिडियो अडियोको पेनड्राइभको डिटेलसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको शिवनारायणले दावी गरेका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारबाही गरी न्यायको लागि पहल गरी दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।
मालीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै न्यायाका लागि अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, सम्पूर्ण पेशाकर्मीसँग अनुरोध गरेका छन् । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले उजुरी नलिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार